नेविसंघ नवलपरासीद्वारा भारत विरुद्ध प्रदर्शन

प्रकाशित मिति:

नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले सोमबार बर्दघाटमा भारतीय विस्तारवाद विरुद्ध प्रदर्शन गरेको छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक भएपछि नेविसंघ पश्चिम नवलपरासीले त्यसको विरोध गर्दै पर्दशन गरेको हो।नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पौडेलको अध्यक्षतामा नेविसंघ नवलपरासीका नेताहरुको उल्लेखनिय सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै पौडेलले नेपालको सीमा मिचिँदा पनि थाहा नपाएजस्तो चुप बस्ने र कागजी रुपमा मात्रै औपचारीकताका लागि विज्ञ्पती जारी गरेझै गरेको वर्तमान सरकारको कार्यले संशकित बनाएको बताएको थिए। त्यस्तै नेविसंघ नवलपरासीका नेता अविनाश रेग्मिले चुनावका बेला राष्ट्रियताका नारा लगाइ भोट माग्ने र जनतालाई भ्रमित बनाई दुईतिहाईका साथ सत्तामा पुगेको वर्तमान सरकार सीमा मिचिदा पनि चुप कारणले प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीको वास्तविक चरित्र जनतासामु प्रस्ट भएको बताए । विरोध प्रदर्शन कार्यक्रम नेविसंघ पश्चिम नवलपरासीका नेता किशोर गैरेको सञ्चालनमा भएको थियो । विद्यार्थी नेता गैरेले कोरोना महामारीका कारण जनता आक्रान्त भएको मौका छोपी भारतीय विस्तारवादले आफ्नो चरित्र उदाङ्ग पारेको बताएका छन ।

गैरेले यो विषयमा सरकार गम्भीर नभए नेविसंघले कडा सडक आन्दोलन गर्ने चेतवानी दिए ।नेविसंघ नवलपरासीले भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माणकार्य अघि बढाएको समाचारले दुःखी भएको पनि बताएको छ ।कार्यक्रममा नेविसंघ नेताहरु युवराज पाण्डे , नारायण विश्वकर्मा , रोशन तिमिल्सिना , सुरज पाण्डे तथा तरुण दल जिल्ला सदस्य सुशील भुर्तेल लगाएतको सहभागीता थियो ।विरोध प्रदर्शन कार्यक्रममा भौतीक दुरि कायम राख्दै लम्पसार सरकार राजिनामा दे , भारतीय विस्तावाद मुर्दावाद लगाएतका नारा लगाएको नेविसंघ नेता किरण केसीले जानकारी थिए ।