लकडाउनमा युरोपमा सन्चारकर्मी देवकोटाले भेटेको छ मिनेट

प्रकाशित मिति:

यादब देबकोटा । टेलिभिजन कर्म गरेको एउटा सामान्य संचारकर्मीको उद्देश्य त्यति ठुलो हुँदैन । पेशाका लागि गरिएको संचारकर्मले उहि दैनिक आवश्यकताबाहेक घर परिवार चलाउने सामाजिक काममा आफ्नो बचेको समय दिने जानेबुझेका कुरा आफुले कुनै फोरममार्फत सुझाउने, बुझाउने बाहेक अरु के हुन सक्ला ? जब पत्रकारिता नशामा परिणत हुन्छ अनि यसले तपाईको मन र मस्तिष्कमा जरो गाड्छ । केही नयाँ त गर्नैपर्छ भन्ने हुन्छ र केही न केही कुरा मनमनै खेलिरहेको हुन्छ । मोफसलदेखि शहरसम्म भनौं या देशदेखि बिदेशसम्म नै किन नहोस् । तपाईलाई यो संचारकर्मको मोह र ममता रत्ति भर घटेको हुँदैन, र घट्न पनि दिनुहुँदैन् ।कोभिन–१९ अर्थात कोरोना भाइरसले निम्त्याएको लकडाउनले मानसिक रुपमा डर त्रास दिएपनि शारिरिक रुपमा भने केही आराम भने पक्कै पनि दिलाएको छ । लामो समयसम्मको बसाईले मानिसमा झन थकाइको महशुस गर्न थालेका छन् । उनिहरु आफ्नो नियमित काममा फर्कन चाहन्छन् तर परिस्थिती भने फरक छ ।

अब कुरा गरौ लकडाउनले जन्माएको त्यो छ मिनेट । तपाई फुर्सद हुँदा के गर्नुहुन्छ रु आजकाल धेरै मानिसहरु फुर्सदको समयमा के गर्छन् त रु त्यो त तपाई हामीलाई थाहै छ । बिद्युतीय उपकरणको साथ खोज्छौं । इन्टरनेटमा जोडिन्छौं । त्यहींबाट संसार नियाल्छौं १ इन्टरनेट बिना बाँच्नै नसकिने जमात विश्वभर विरलै होलान् । पछिल्लो समय त सोसल मिडियाको प्रयोेग ह्वात्तै बढेको छ । जुन स्वभाविक पनि छ । मनोरञ्जन, सूचना, अध्ययन अध्यापन होस् या संसार नियाल्नेहरु प्रविधिको वरीपरी घुमिरहेका हुन्छन् । त्यसो त असिहले विश्वभर कोरोनाको कहरले आक्रान्त पारेको छ । घरभित्रै थुनिनु परेको छ । मनमा धेरै कुराहरु घुल्मिल हुँदै गएका छन् । पारिवारिक वार्तालाप, आफन्त, साथीभाईसँगको कुराकानी, माया ममतादेखि सञ्चो बिसञ्चो एक आपसमा साँट्ने दैनिकीजस्तै बनेको छ । मनमा अनेक तरंग मात्रै पैदा भएको छैन्, कसरी अगाडी बढ्ने र कसरी फरक बन्ने सोचले मलाई पच्छ्याइरह्यो । मैले गरिआएको पेशा पनि मेरै साथमा छ । यतिखेर प्रवासमा रहेपनि यसलाई कसरी अझ बढि महत्वका साथ अघि बढाउने भन्ने प्रश्नले आफैंलाई थप सोच्न बाध्य बनाएको छ ।प्रवास आएदेखि नै यहाँको स्थानिय मिडियासँग मैले ‘नेपाल टक्स’ भनेर अन्तरबार्ता शुरु गरें । जुन अहिले पनि चलिरहेको छ । जसले नेपाली र नेपाली समाजको माया पाएको छ । तर यतिमात्रै सिमित रहनुहुन्न भन्ने लागेर हामीले ‘लकडाउन’ सँगै ‘छ मिनेट छ रु’ को नाम जुराएर मैदानमा उत्रिएका छौं । छोटो समयमा महत्वपपूर्ण अनि मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने हाम्रो मिशन हो । सोही अनुरुप हामीले कार्यक्रम ‘छ मिनेट छ रु’ को आधिकारिक प्रोमो पनि बनायौं ।

धेरै दर्शक श्रोताको एउटै प्रश्न– के हो ‘छ मिनेट छ’ ?  कुनै पनि विषयको गहिराइमा पुगेर त्यसको यथार्थ बाहिर ल्याउने मात्रै होइन, समाजमा घटेका घटना र व्यक्तिमा लुकेर बसेको क्षमतालाई पनि प्रस्फुटन गराउने हाम्रो मिशन हो । तपाइको छ मिनेटको समयलाई ध्यानमा राखेर हामीले कार्यक्रमको डिजाइन गरेका हौं । त्यसो त प्रवासमा बस्ने हामी कसैसँग पनि धेरै समय हुँदैन् । हामीलाई न देश्को राजनैतिक विषयको बहस गर्ने समय छ न सुन्ने फुर्सद नै । प्रवासीको पिडा, विस्मात, समस्या र उनिहरुको दुःख पछिको सुखमा केन्द्रीत बन्नेछौं । तपाईको छ मिनेट सबै नेपालीका लागि मार्गदर्शक र जानकारीमुलक बनोस् । प्रवासमा काम नगरी कसैलाई खान पुग्दैन् । त्यसैले तपाई आराम गर्दा होस् या अन्य कुनै समयमा बचेको छ मिनेट तपाई, हामी अनि समाजका लागि महत्वपूर्ण बन्ने हाम्रो अपेक्षा हो ।

प्रबासमा पत्रकारिता  देख्नेहरुलाई प्रवासको पत्रकारिता मस्ती लागेपनि भोग्नेलाई मात्रै त्यसको पिडा महाशुस हुन्छ । बचेकुचेको समयमा गरिने प्रवासको पत्रकारिताले व्यवसायिक रुप भने लिएको कमै मात्रामा छ । पत्रकारका हितका लागि स्वदेशमा मात्र होइन प्रवासमा पनि थुप्रै संघ संस्थाहरु खोलिएका छन् । तीमध्ये एकाध संस्थाले पत्रकारको हितमा काम गरेपनि अधिकांश भने राजनीति, चाकडी र चाप्लुसीमा लिप्त भएको थुप्रै उदाहरण छन् । पत्रकार महासंघका शाखा प्रवासमा खोलिएका छन् । तर महासंघले उनिहरुको स्तर मापनको आधार तयार भने गर्न सकेको छैन् । मुलधारमा काम गरेका राम्रा पत्रकार प्रवासमा बिलिन हुन पुगेका छन् । प्रवासको पत्रकारिता मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनीतिमा प्रयोग हुन थालेको आभाष हुने गरेको छ । मुल विषय अध्ययन नै नगरेका तर लहडका भरमा पत्रकारिता गर्नेहरुको लर्कन प्रवासमा देख्न सकिन्छ । तर प्रवासमा महासंघले मापदण्ड निर्धारण गर्न नसक्दा वास्तविक पत्रकारिता गर्नेहरु ओझेलमा पर्ने गरेका छन् । महासंघले राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे खोज्दा प्रवासका पत्रकार र पत्रकारिताले सही ट्रयाक समात्न सकेको छैन् । डिजिटल पत्रिका संचालनका नाममा आफ्नै सिर्जनात्मक भन्दा पनि अर्काको समाचार हुकिङ गर्ने बानीले प्रवासको पत्रकारिताप्रति पाठकहरु खासै सन्तुष्ट भएको पाँइदैन् । आगामी दिनमा महासंघले यस्ता विषयमा पनि ध्यान दिने हो भने प्रवासको पत्रकारिता र पत्रकारको स्तर र क्षमतामा विकास हुने थियो ।

‘आँफु पनि गुँँड नलगाउने, अरुले लगाएको गुँड पनि भत्काउने’ प्रवृत्ति  हातमा लाइसेन्स, दिमागमा सेन्स र क्यामेरामा लेन्स नहुनेहरु क्रोधले बुई चढ्ने बिरोधले भुँई कोपर्ने गर्छन् । सोसियल मिडियाका टाइमलाइन र च्याट्मा गरिएको पत्रकारिता होइन यो ।मेरो कुनैपनि पात्रसँग कनै प्रतिस्पर्धा होइन । मात्रै प्रवृत्तिसँगको ‘अपोजिसन’ हो । काम गराइको शिलशिलामा मेरो पनि कति कमजोरी होलान् । मैले मेरा कमी कमजोरीलाई जहिले पनि आत्मसाथ गरेको छु । मैले मेरो कामप्रति कहिलै घमन्ड पनि गरेको छैन् । यदि गरे भने तपाईले मलाइ दन्ड दिन सक्नुहुन्छ । सबै शिरोधार्य छ । तर सकेसम्म अरुको भलाई गरौं । यदि त्यो पनि न सकिन्न भने बिगार पनि गर्नुहुन्न । यो कर्ममा लाग्दै गर्दा मैले गुमाएको त केहि पनि छैन । तर पाएको कति छ कति ।