ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले प्रहरी गुहारे

प्रकाशित मिति:

खजुरा । बांकेको खजुरा गांउ पालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकाछन् । गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट सहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् । कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हात खुट्टा भांच्ने सम्मको गालीगलौज गरेको र भाट सहित वारिस खान र अस्लम भाट समेत कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।

कार्यालय परिषरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्कीदिनेहरुमाथि कानुनी कारवाहि गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेकाछन् । चौकी ईन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएका हुन् । बैशाख २६ गते प्रसुति गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्इकर्मीहरुले धमाधम स्वाव संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।