नेविसंघले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने नेविसंघ महामन्त्री युवराज पाण्डेयले जानकारी दिएका छन्

लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा अध्यक्ष ढुंगाानसहितका १०० नेविसंघ नेता कार्यकर्तालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोमबार राति ८ बजे रिहा गरेको छ । यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।