पत्रकार मंहासंघ नवलपरासीद्धारा कोरोनासंग सम्बन्धित संवाद गर्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।
बैशाख ३०
नवलपरासी । नेपाल पत्रकार मंहासंघ नवलपरासीले कोरोना भाइरससंग सम्बन्धित रहेर सरोकारवाला निकायसंग बैशाख ३१ गते विहान ११ बजे संवाद गर्न भएको छ । पछिल्लो पटक भारतबाट पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहमा नेपालीहरु भित्रिने क्रम बढ्दो छ । यसले कोरोना संक्रमणको जोखिमलाई बढाएको मात्र छैन स्थानीयवासीमा त्रास समेत उत्पन्न गरेको समयमा महासंघले स्थानीय तहमा देखिएका विभिन्न चुनौती र समस्या, कोरोना परीक्षणको अवस्था, अहिलेसम्म सञ्चालन गरेका क्वारेन्टाइनको व्यवस्थापन र अब गरिने क्वारेन्टाइनको अवस्था तथा राहत वितरणको अवस्थालगायत लकडाउनको कार्यान्वयनका बारेमा संवाद गर्न लागीएको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्माले बताउनु भयो ।

कार्यक्रममा सबै स्थानीय तहका प्रमुखहरु (७ जना), जिसस प्रमुख (१), प्रमुख जिल्ला अधिकारी(१) शसस्त्र र नेपाल प्रहरीका प्रमुख(२) र स्वास्थ्य कार्यालयका प्रमुख (१) गरी कुल १२ जना सरोकारवाला र उक्त कार्यक्रम एफएम र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएकाले हरेक सञ्चारमाध्यमबाट १÷१ जना ( ७ जना ) गरी जम्मा १९ जनाको सहभागीता रहने शर्माले जानकारी दिनुभयो ।