मन्त्री अर्याललाई गृह जिल्लामा बहिष्कारको घोषणा, राजीनामा माग

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्यार्थी संघ नेबिसंघ स्याङजाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको राजीनामाको माग गरेको छ । संघका जिल्ला अध्यक्ष अजित क्षेत्रीले बिज्ञप्ती जारी गर्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएको प्रती घोर भत्सर्ना सहित तत्काल जनता समक्ष माफ माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै मन्त्री अर्यालले लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्सा भित्र नरहेको अभिव्यक्ति दिनुभएको थियो । उहाँको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।

‘मुलुकको जिम्मेवार भुमी ब्यबस्था मन्त्री अर्यालले पटक पटक राष्ट्रियता, स्वाधिनता र सिमा रक्षाको सवालमा पदिय जिम्मेवारी र नागरिक उतरदायित्वको समेत अवमुल्यन गर्दै, लिम्पियाधुरा कहिलै नभएको त, कहिले नेपाली महाकाली पारीका भुमी नेपालको नक्सामा समाबेश गर्न अबस्थाले नदिएको भन्ने जस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएकोप्रती नेपाल बिद्यार्थी संघ स्याङ्जा घोर भत्सर्ना गर्दै तत्काल जनता समक्ष माफी माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछौ ’ बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै नेविसंघले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने मंन्त्री नसच्चिएसम्म र राष्ट्रियता जस्तो गम्भीर सवालमा खेलवाड गर्ने मन्त्रीको सबै कार्यक्रम नेबिसंघ स्याङ्जाले बहिष्कार गर्ने घोषणा समेत गरेको छ । भारतले नेपाली भुमी कालापानी मिची चीन जोड्ने सडक हालै उद्घाटन गरेको र चीनले समेत सोही मार्ग प्रयोग गरि चीन भारत ब्यापार गर्ने सम्झौता गरेको प्रती नेपाल बिद्यार्थी संघ खेद प्रकट गरेको छ । नेपाली भुमी तत्काल फिर्ताका लागि आवश्यक पहल गर्न सरकार समक्ष माग पनि गरेको छ ।नेपाल सरकारले तत्काल कुटनैतिक पहल र अन्तर्राष्ट्रिय अदालतमा मुद्धा लैजाने सम्मको कार्यमा विलम्व गरेमा शरिरमा दुई थोपा रगत रहेसम्म नेपालको झण्डा र नक्सा सहित नेविसंघ स्याङ्जा चरणवद्ध आन्दोलन गर्ने संघका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।