एसइई दिने विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह

३० बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
33 Shares


झिमरुक– लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा एसइई दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । शाखाले पालिका क्षेत्रका ६ माध्यमिक विद्यालयबाट एसइई दिने करीब तीन सय विद्यार्थीको टोलटोलमा पुगी शिक्षकबाट विषयगत समस्या समाधान गराउने कार्य थालेको शाखा प्रमुख छत्रबहादुर शाहीले बताए । त्यस्तै इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको सहजताका लागि अंग्रेजी, गणित, विज्ञान तथा अन्य विषयका प्रश्नपत्र तयार गरी शाखा तथा पालिकाको फेसबुक पेजबाट अपलोड गरिएको छ ।

पालिकाका माध्यमिक विद्यालयबाट २–२ जनाको दरले शिक्षक खटाइएको र तिनका लागि स्वास्थ्य सामग्री सेनिटाइजर र मास्क उपलब्ध गराउनाक साथै प्रोत्साहन भत्ता दिइएको छ ।जिल्लाका नौ वटै स्थानीय तहलाई समन्वय गरी विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भनिए पनि इन्टरनेटको पहुँच नहुँदा गर्न नसकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख शिवराज पण्डितले बताउनुभयो । अन्य पालिकालाई पनि पुनरावृत्तिका अभ्यास सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।प्युठान नगरपालिका नगर क्षेत्रका एसइई दिने विद्यार्थीको सहजताका लागि रेडियो कक्षा सञ्चालनको तयारीमा रहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । जिल्लामा एसइई दिने विद्यार्थी चार हजार १४८ विद्यार्थी छन् । तिनमा २ हजार २८८ छात्रा छन् ।@khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट