प्लेन चार्टड गरी वार्ता गर्न जान प्रधानमन्त्रिलाई नेविसंघ नवलपरासी आग्रह

३० बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
209 Shares


शान्ति तिवारी
बैशाख ३० गते ।

नवलपरासी ।

प्लेन चार्टड गरी भारतिय प्रधानमन्त्रिसंग वार्ता गर्न जान प्रधानमन्त्रि के.पि ओलालाई नेपाल विद्यार्थि संघ नवलपरासी आग्रह गरेको छ । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले मगंलबार नवलपरासीको सुनवल १२ भुमहीमा भारतीय विस्तारवादका विरुद्धमा गरेको प्रदर्शन क्रममा भारतिय समकक्षीसंग तुरुन्त वार्ता गर्नुपर्ने बताएका हुन ।
कोरोना महामारीका कारण भौतीक दुरी कायम गर्दै सानो सानो समूह हुँदै जिल्लाका विभिन्न स्थानहरुमा विद्यार्थी नेता , तरुण नेता तथा पार्टीका नेताहरुको उपस्थितिमा नेविसंघ पश्चिम नवलपरासीले आफ्नो रचनात्मक विरोध प्रदर्शन गरेको छ । नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पौडेलको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रम साकेंतीक प्रदर्शन हुँदै कोण सभामा परिणत भएको थियो । कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै पौडेलले सन् १८१६ मा नेपाल र ईस्ट ईन्डिया कम्पनि बिच सुगौलि सन्धि हुदा सिमाना महाकालि नदि तोकिएको र त्यसको मुहान कालि नदि रहेकोले भारत द्वारा अतिक्रमण गरिएकोमा ३६८ बर्ग किलोमिटर जग्गा नेपाल लाई फिर्ता गर्नुपर्ने तथ्य रहेको बताए ।

पौडेलले यदि भारतको यहि ज्यादती कायम रहेमा र भुभाग फिर्ता नगरेमा नेपाल बिद्यार्थी संघ सबै प्रमाणहरु सहित अन्तर्रा्ष्ट्रिय अदालत सम्म जाने बताए । कोण सभालाई सम्बोधन गरेका नेविसंघ निवर्तमान सभापति पौडेलले आफ्नो जन्मदिनमा हेलिकप्टर चार्टर गरेर केक बोकि काट्न सक्ने प्रधानमन्त्रि खड्क प्रसाद ओलिलाई प्लेन चार्टर गरेर भारतिय प्रधानमन्त्रि आफ्ना समकक्षी नरेन्द्र मोदिसँग बार्ता गर्न जान आग्रह गर्दै नेपाल सरकारसँग प्लेन चार्टर गर्ने पैसा नभए नेपाल बिद्यार्थी संघले चन्दा उठाएर प्लेन चार्टर गरिदिने चेतावनी दिए । भारतले नेपाली भू–भाग मिचेर चीनको मानसरोवर जाने सडक निर्माण गर्दासम्म पनि सरकार बेखवर जस्तै हुनु अत्यन्तै दुखद भएको नेविसंघका नेता अविनाश रेग्मि बताउनु भयो । नेपालमा जब जब विपत्ती परिरहदा भारतले त्यो समयमा आफ्नो विस्तारवादी चरित्र देखाएको रेग्मीले बताउनु भयो । तथ्य पेस गर्दै रेग्मीले मदन भण्डारी र जिवराज आस्रित मृत्यु सङै महाकाली सन्धि भएको ,१२ बुदे सम्झौता सङै लिपुलेक र लिम्पियाधुरा, महाभुकम्प सङै नाकाबन्दी र कोरोना भाइरस सङै भारतको बलमिच्याई देखिएको बताए । यस्तै कोण सभालाई सम्बोधन गरेका नेविसंघ नेता किशोर गैरेले विगत देखि नै भारतिय बिस्ताबादी रणनीति नेपाल माथी हुँदै आइरहेको र भारतको बिस्तारबादी चरित्र जतिकै खतरा चीनको हेपहा प्रबृती पनि भएको बताउनु भयो । गैरे भन्नुहुन्छ – ‘ सिंहदरबार अगाडि चिनिया नगारीकहरुले प्रहरी माथी आक्रमण गर्ने दुस्साहस र भारतले त्यही चीनसङ्ग सम्झैता गरि लिपुलेकमा डोजर चालाउने दुस्साहस गर्नुमा हाम्रा देशका नेताको लम्पसारबादी निति प्रमुख कारक हो । ’ कार्यक्रम नेविसंघ जिल्ला सदस्य चेतनारायण भण्डारीको सञ्चालन गर्नुभएको कार्यक्रममा नेविसंघ नेताहरु सुरज पाण्डे ,युवराज पाण्डेय, नेविसंघ सुनवल नगरसभापती प्रदिप अर्याल , आशिष घर्ती, तरुण दल जिल्ला सदस्य सुशील भुर्तेल, तरुण दल सुनवल ११ सभापति प्रविण थापा , तरुण दल सुनवल ११ कोषाध्यक्ष चिरन डुम्रे , नेपाली काङ्ग्रेस नगर सचिव कमल चुल्वाई , नेपाली काङ्ग्रेस सुनवल ११ कोषाध्यक्ष कमल पाण्डेय ,नेपाली काङ्ग्रेस सुनवल ११ सचिव कुलानान्द पाण्डेय , साबिक रामनगर तरुण दल सचिब पुर्षोतम पाण्डे लगागतको सहभागीता रहेको नेविसंघका नेता किशोर गैरेले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया