नेविसंघले बुझायो जिल्ला जिल्लामा ज्ञापनपत्र

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्यार्थी संघले मंगलबार आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थि संघका महामन्त्री दिपक भटराईले जानकारी दिएका छन् ।

लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा अध्यक्ष ढुंगाानसहितका १०० नेविसंघ नेता कार्यकर्तालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोमबार राति ८ बजे रिहा गरेको छ । यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।