निर्मलाको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा आन्दोलन

प्रकाशित मिति:

बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा र्‍याली सहित प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मी र पीडित परिवारले चाँडो अपराधी पत्ता लगाउन माग गर्दै प्रदर्शन गरि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आइतबार बसेको सर्वपक्षीय बैठकले र्‍याली सहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।