कोरोना भाइरसबाट जोगिन खानपानबारे डब्लुएचओले दियो पाँच टिप्स

प्रकाशित मिति:

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् । मानिसको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खानपान र स्वच्छताको मुद्दा अचानक माथि आएको छ । यसअघि यो कुरा प्राथमिकतामा थिएन भन्ने होइन । तर, यसअघि खानपान र स्वच्छता हाम्रो जीवनशैलीको यस्तो कुरा थियो, जसलाई आ–आफ्नो रुचिको रुपमा हेरिन्थ्यो । अहिले मानिसहरू के कोरोना भाइरस खानपानको कारण पनि फैलिन्छ रु भन्ने कुराले चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ । १ सधैं स्वच्छ रहनुहोस् – खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ । – शौचालय गएपछि हात धुनु जरुरी हुन्छ । – भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् । – भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।यो किन आवश्यक छ ? धेरैजसो सूक्ष्म जीवाणुले रोग फैलाउँदैनन् ।

तर, यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् ।खानेकुरासँग यस्ता जीवको सम्पर्क भयो भने खानपानबाट हुने रोगहरू फैलिने खतरा बढी हुन्छ । २- काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस्– कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।– काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।– काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् । यो किन आवश्यक छ  -काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा यस्ता खतरानक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउँदा अन्य खानेकुरालाई संक्रमित गर्न सक्छन् ।३- खानेकुरा राम्रोसँग पकाउनुहोस्– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।– सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।– पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् । यो किन आवश्यक छ -राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । अनुसन्धानको क्रममा ७० डिग्रीसम्म खाना पकाउँदा यो खान लायक हुने गरेको पाइएको छ ।

४- खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस्– पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।–तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।– फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।– जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् ।यो किन आवश्यक छ ?पकाएको खानालाई सामान्य तापक्रममा कोठामा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छन् । पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् । ५- सफा पानी र स्वच्छ भोजन सामग्री– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।– सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।– फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।– म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।  यो किन आवश्यक छ ? पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्व हुन सक्छन् । खराब र विषालु खानामा विषाक्त रसायन हुन सक्छन् । स्रोत बीबीसी