नेविसंघ नवलपरासीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझायो ।

३० बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
13 Shares


शान्ति तिवारी बैशाख ३० गते । नवलपरासी । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समयको परीस्थितीमा देखीएका दुई विषयबस्तु कोरोना भाइरस र सिमा विवादका विषयवस्तु समावेस गरीएको नेपाल विद्यार्थी संघका नेता अभिनास रेग्मीले जानकारी दिनु भयो । । नेपाल विद्यार्थी संघले केन्द्रीय निर्देशन अनुसार मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुुझाउने कार्यक्रम अन्तर्गत आज पश्चिम नवलपरासीकम पनि ज्ञापन पत्र बुझाइएको हो ।

लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी , सन् २०१५ मा भारत(चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै नेपाल विद्यार्थी सघं पश्चिम नवलपरासीका निवर्तमान सभापति दधिराम पौडेलको नेतृत्वमा गएको विद्यार्थी नेताहरुको टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएको छ ।नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधिराम पौडेलद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा राष्टियताका सवालमा ४ वुदे ध्यानाकार्षण समेत गराइएको नेता किशोर गैरेले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया