नेविसंघले राख्यो स्याङ्जा चोकमा लिम्पियाधारा –लिपुलेक –कालापानी–धार्चुला सहितको नेपालको नक्सा

प्रकाशित मिति:

स्याङ्जा र नेपाल विद्यार्थी संघ स्याङ्जाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै सदरमुकाम चोकमा लिम्पियाधारा –लिपुलेक –कालापानी–धार्चुला सहितको नेपालको नक्सा समेत राखेको छ । लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत(चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिए । नेविसंघ केन्द्रिय समितिले सबै जिल्लाहरुलाई दिएको निर्देशन अनुसार आज देशै भरिका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको नेविसंघका नेताहरुले बताए ।

नेपालको राष्ट्रियता, स्वाधिनता र सिमा रक्षाको विषय कुनै एउटा पाटि र व्यक्तिको मात्र नभई सबै नेपाली जनताको भएको भएकोले नेपाली जनतालाई यस विषयमा एकजुट भई लड्नका लागि साङ्केतिक रुपमा चोकमा नक्सा राखिएको सभापति क्षेत्रीले बताए ।नेविसंघ केन्द्रिय कार्यक्रम अन्तरगत भारतीय विस्तारवाद र नेपाल सरकारको लम्पसारवादको विरुद्धमा नेपाल विद्यार्थी संघस्याङ्जाले पनि ज्ञापन पत्र बुझाएको नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारीले बताए ।नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्री, क्षेत्रिय सभापति विज्ञान भण्डारी, क्याम्पस एकाई सभापति गौरव प्रधान, विद्यार्थी नेता सविन रेग्मी लगाएतका नेता हरु रहेको उपस्तिथि रहेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङ लाई ज्ञापन पत्र बुझाएका थिए ।

थप समाचार