कतार च्यारिटी नेपाल र हिदायत एजुकेसनल वेलफेर ट्रस्टद्वारा अनाथ र गरिब विद्यार्थीलाई सहयोग

प्रकाशित मिति:

भद्रपुर, झापा । सुनसरीको सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । आइतबार इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सुनसरीको सदरमुकाम इनरुवामा कतार च्यारिटी नेपालको सहयोगमा हिदायत एजुकेसनल वेलफेर ट्रस्टले २ सय ६० जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो ।
उक्त कार्यक्रममा अनाथ,अपांग तथा गरिब विद्यार्थीहरुलाई अध्ययन गर्न सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग वितरण गरेको कतार च्यारिटीका प्रोजेक्टर म्यानेजर इरसाद अलि शेखले बताए ।
आर्थिक सहयोग वितरण कार्यक्रममा इनरुवा नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष श्रवण प्रसाद यादव, हिदायत एजुकेसनल वेलफेर ट्रस्टका कोषाध्यक्ष ऐयुब खान नदबी लगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम हजरत हुसेनले संचालन गरेका थिए ।