बाँझो जग्गालाई खेतियोग्य वनाउदै धुर्कोट गाउँपालिका

प्रकाशित मिति:

झविन्द्र भण्डारी,
बैशाख ३०, गुल्मी ।
धुर्कोट गाउँपालिका गुल्मीले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने घोषणा गरे सँगै गाउँपालिका भित्र बाँझो जमिनलाई खेतियोग्य वनाउने कार्यको सुरु गरिएको छ ।
धुर्कोट गाउँपालिकाको वडा नं. २ पिपलधारामा रहेको पिपलधारा सिकर्मी डकर्मी बहुउद्धेश्य सहकारी संस्थाले २६० रोपनी बाँझो जमिनलाई खेतियोग्य वनाउन लागेको हो ।
गाउँपालिकाले केही हप्ता पहिला खाद्यान्न अभाव हुन नदिन २ वर्ष देखि बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन निर्णय गरेपछी सहकारीले २६० रोपनी जग्गालाई १५ वर्ष लिजमा लिएर खेती गर्न सुरु गरेको हो । २०० रोपनीमा ६ हजार कागती खेती गर्ने कार्यको सुरु भइसकेको छ । त्यस्तै ३० रोपनीमा तरकारी र मसलेदार खेती, ३० रोपनीमा ओखर, सुन्तला लगाायतका अन्य फलफुल खेती तथा ४ रोपनी जग्गामा गोठ तथा खोरको फाम निर्माण गरि ५ भँैसि र ६० बाखा्र खरिद गरिएको छ भने फाममा १० भैसी र १०० बाख्रा पु¥याउने लक्ष्य रहेको सहकारीका अध्यक्ष ज्ञान बहादुर विश्वकर्माले बताउनुभयो ।
गत पुष महिनामा धुर्कोट गाउँपालिकामा दर्ता भएको पिपलधारा सिकर्मी डकर्मी बहुउद्धेश्य सहकारी संस्थामा ४२ जना सेयर सदस्य रहेको छन । जसमा ८० प्रतिशत भन्दा बढी व्यक्तिहरु दलित छन ।
बाँझो जग्गामा खेती गर्नका लागि सहकरीमा ५ जना व्यक्तिले करिव ५० लाख बराबरको लगानी गरेका छन् । ६ हजार कागती खेती गर्नका लागि सहकारीले १०० भन्दा बढी व्यक्तिहरुलाई दैनिक ५०० देखि १००० सम्मको ज्याला दिने गरि काम समेत दिएको छ । विगत १० वर्ष देखि बाँझो रहेको जमिन विभिन्न वोट विरुवाहरुले जङ्गगल जस्तै वनिसकेको थियो ।
कृषि ज्ञान केन्द्र गुल्मीबाट अनुदान पाएको सहकारीले बाँझो जग्गामा खेती गरे वापत गाउँपालिकाको निर्णय अनुरुप सुन्तला, कागती लगायतका अन्य फलफुलको खेती गरेवापत प्रति रोपनी ३ हजार र अन्नवाली, तरकारीवाली तथा मसलेदार खेती गरेमा ४ हजार दिने निर्णय भए अनुरुप सहकारीलार्इृ अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले अनुदान दिने भएपछी बाँझो जग्गामा कागती, सुन्तला तथा बाख्रापालन, भैँसीपालन लगायतका अन्य कृषि कार्य तर्फ मानिसहरु उत्प्रेरित वनेका छन ।