जनकपुरका पत्रकारलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं, वैशाख ३१ : जनकपुरका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई तीन महिना अघि दोस्रो पटक हृदयघात भएको थियो।उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ। यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।