कपिलवस्तुको गोरुसिंगे जंगलमा सवारी दुर्घटना ,, ३ जनाको मृत्यु

प्रकाशित मिति:

पूर्व पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगे जंगलमा सवारी दुर्घटना भएको छ । बस र टिप्पर ठोक्किदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ गढवाका ४ बर्षिय शुसान्त सुनार, २५ वर्षिया पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षिया एक पुरुषको मुत्यु भएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
घटनामा ३३ जना घाइते भएका छन । जस मध्ये १३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । त्यस मध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ । गम्भिर घाइतेहरुको चौराहा हस्पिटल प्रालीमा उपचार भइरहेको छ ।
दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिप्पर एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।