रुपन्देहीका दुई नगरपालिका र पाँच गाउँपालिकामा आवागमन बन्द

प्रकाशित मिति:

भारतसँग सीमाना जोडिएका रुपन्देहीका सात वटा पालिकाहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। भारतीय सीमासँग जोडिएका पालिकाहरूमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासनले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो। प्रशासनको उक्त निर्णय बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुने छ। सिद्धार्थनगर नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी र रोहिणी गाउँपालिकामा आवागमन बन्द गरिएको हो।

यी सबै पालिकाहरू हुलाकी राजमार्गदेखि दक्षिण तर्फका हुन्। यी पालिकाका बासिन्दा जेठ ५ गते रातिसम्म घरबाट बाहिर आवतजावत गर्न पाउने छैनन्। निर्देशन उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका सबै पालिकाहरूमा एक हजार क्षमताका क्वारेन्टाइन बनाउने निर्णय पनि बैठकले गरेको छ।यस्तै रुपन्देही सहित छिमेकी जिल्लामा संक्रमण बढेपछि रुपन्देहीका अरु सबै स्थानिय तहहरुमा कडाई गरिएको छ । सैनामैना नगरपालिकाले विना काम अनावश्यक घरबाहिर न निस्किना तथा सर्तकता अपनाउनका लागि विभिन्न स्थानमा माईकीङ समेत गरेको छ । सैैनामैनामा रहेको ईलाका प्रहरी कार्यलाय रन्यौरा मुर्गिया र ईलाका प्रहरी कार्यलय साल्झिण्डीले विना काम हिंडडुल गर्ने मोटार साइकल चलाउने साइकल चलाउने हरुलाई सम्झाउने तथा कारबाहि समेत गरेको छ ।