सीमापारि क्‍वारेन्टाइनमा रहेका ५ सयभन्दा बढी नेपाली नेपाल ल्याईयो (भिडीयो)

प्रकाशित मिति:

बुटवल । नेपाल आउनका लागि सिमावर्ती क्षेत्रको नौतनवाका विभिन्न विद्यालयका क्‍वारेन्टाइनमा बसेका झण्डै ५ सय १० नेपालीलाई पहिलो लटमा नेपाल प्रवेश गराईएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुधबार बसेको बैठकबाट रुपन्देही जिल्लाको सिमावर्ती क्षेत्रमा क्‍वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेकालाई नेपाली नाकासम्म भारतीयको सहयोगमा ल्याइपुर्‍याउने र यताबाट साधनको व्यवस्था गरिसकिएकोले सम्बन्धित पालिकाले साँझसम्म ल्याउने निर्णय भएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।

आज  नेपालीलाई तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको क्‍वारेन्टाइनमा राखिनेछु, उनले भने, अन्यलाई पनि व्यवस्थापन गर्दै ल्याउने निर्णय भएको छ ।तिलोत्तमा नगरपालिकाले बुधबार आउने नेपालीमध्ये २ सय ३३ लाई वडा १४ स्थित मधवलीया मावि र शंकरनगरस्थित दुर्गादत्त माविको क्‍वारेन्टाइनमा राख्नेछ भने २ सय ७७ लाई सिद्धार्थनगर नगरपालिकाका विभिन्न क्‍वारेन्टाइनमा राखिने घिमिरेले जनाए ।