अमेरिकामा कोरोना भाईरसवाट १४ लाख २८ हजार संक्रमित

प्रकाशित मिति:

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ ।

योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् ।उपचार गराइरहेका १० लाख ३५ हजार ८४० जनामध्ये १६ हजार ३४९ जनाको अवस्था गम्भीर रहेको छ ।