मृगौला पिडित युवक द्धारा सहयोगको याचना

प्रकाशित मिति:

बुटवल कार्तिक १२ । रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ रोइनिहवाका अक्वाल अहमद मुसलमानले रकम अभावका कारण दुई मृगौला खराब भएपनि उपचार गराउन नसक्दा समस्यामा परेको भन्दै सहयोगको याचना गरेकाछन् ।
सामान्य पारिवारिक अवस्थाका २२ बर्षिय अहमद मृगौला फेल भएपछि जीवन बचाउनका लागि बिभिन्न संघ सस्था तथा आफन्तबाट आर्थिक सहयोग खोज्दै पुगेपनि उपचारका लागि प्रयाप्त रकम जुटाउन नसकेको बताउँछन् ।
नेपाल सरकारले मृगौला बिरामीका लागि डाइलेसिस रकम उपलव्ध गराएपनि अन्य प्राबिधिक तथा औषधी खर्च उपलव्ध नगराउने हुदाँ उनीसंग रकम अभावले अस्पताल सम्म पुग्न नसकेको उनका परिवारले बताएको छ ।
बिभिन्न निकाय सँग उपचार खर्च पाउने समाचार पाए पछि सबै क्षेत्रमा जाने गरेपनि सान्त्वना बाहेक केही नपाएको उनको गुनासो छ । उनले सबैसँग जीवन बचाउन सबैसँग आग्रह गरेकाछन् ।
उनलाई सहयोग गर्न चाहानेले निम्न फोन नम्बरमा सम्पर्क गर्न सकिने छ
नाम : अक्वाल अहमद खाँन
फोन नं : ९८१४४४४९८८
नेबिल बैक खाता नं : ११००१७५००३६०१