यस कारण स्वस्थकर जैतुनको तेल

प्रकाशित मिति:

तेल भान्सामा नभई हुँदैन । तरकारी पकाउन होस् वा अरू कुनै परिकार बनाउन । तर, चिकित्सकहरू भन्छन्, तेलले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । खासमा बजारमा उपलब्ध तेल मिसावटयुक्त हुने भएकाले यो स्वास्थ्यवर्द्धक नहुने बताइन्छ । बजारमा थरीथरीका तेल उपलब्ध छन् । त्यसमा जैतुनको तेल बढी स्वस्थ्यकर मानिन्छ । जबकि जैतुनको तेल तुलनात्मक रुपमा धेरै महँगो पर्छ । भनिन्छ, जैतुनको तेल फाइदाजन हुन्छ । स्वस्थ्यवर्द्धक खानेकुरा सेवन गर्नु परेमा जैतुनको तेल नै प्रयोग गरिन्छ । त्यसो त बजारमा थरीथरीको ब्रान्डमा जैतुनको तेल पाइन्छ । मूल्यमा पनि त्यति एकरुपता हुन्न । खासमा जैतुनको तेलले किन हानि गर्दैन रु यसमा के पाइन्छ रु

किन महँगो हुन्छ ? अन्य तेलको तुलनामा जैतुनको तेल हानिरहित मात्र होइन, फाइदाजनक पनि हुने बताइन्छ । अन्य किमिसको तेलले हृदय रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह जस्ता समस्या हुन्छ । जबकि जैतुनको तेलमा यस्तो खतरा हुँदैन । जैतुनको तेलले शरीरको विकारयुक्त पदार्थ निकाल्न पनि सहयोग गर्छ ।जैतुनको तेलमा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा हानिकारक तत्व रोक्ने काम गर्छ । एन्टिअक्सिडेन्टका साथसाथै जैतुनको तेलमा भिटामिन इ र डी भरपुर मात्रामा पाइन्छ। किन महँगो ? जैतुन एक वनस्पति हो, जसको फलबाट तेल निकालिन्छ । जबकि जैतुनको फलबाट अत्यन्त कम मात्रामा तेल उत्पादन हुन्छ । ४०(५० किलो जैतुनको फलबाट केवल तीन लिटर मात्र तेल उत्पादन हुन्छ । विशेष सिजनमा उत्पादन हुने यो फलको उत्पादन पनि कम मात्रामा हुन्छ । जबकि विश्वभर जैतुनको तेलको माग उच्च छ । यसलाई अनेक विधिबाट सेवन गर्ने गरिन्छ ।

खरिद गर्नुअघि ध्यान दिनैपर्ने कुरा –यो तेलले अक्सिजन, उज्यालो र गर्मीको सम्पर्कमा आउनसाथ आफ्नो गुण गुमाउँछ । त्यसैले जैतुनको तेल खरिद गरिरहँदा सधै गहिरो रङ्गको काँचको बोतल वा स्टिलको डिब्बामा भरिएको तेल नै खरिद गर्नुपर्छ । –बजारमा केही सस्तो जैतुनको तेल पनि उपलब्ध छ, जसमा केही मिसावट हुन्छ । यो त्यति शुद्ध नहुने भएकाले फाइदाजनक पनि हुँदैन ।–जैतुनको तेललाई सधै सानो बोत्तलमा खरिद गर्नुपर्छ । यसलाई लामो समय स्टोर गरेर सेवन गर्न सकिँदैन, किनभने यसको गुणवत्ता घट्छ । खरिद गरेको बेला यसको उत्पादन मिति लगायतको पनि ख्याल गर्नुपर्छ । प्याक गरेको १५ महिनाभित्र जैतुनको तेल प्रयोग गर्नु बढी लाभदायक हुन्छ ।@onlinekhabar