गान्धारीले किन आफ्ना पुत्र दुर्योधनलाई निर्वस्त्र हेर्न चाहन्थिन् ?

प्रकाशित मिति:

पौराणिक शास्त्रअनुसार गान्धारी भगवान शिवकी परम भक्त थिइन् । भगवान शिवको तपस्या गरेपछि उनले यस्तो वरदान पाएकी थिइन् कि यदि उनले आँखाको पट्टी खोलेर कसैलाई नग्न देखेमा नग्न व्यक्तिको शरीर वज्र समान हुनेछ । गान्धारी महाभारतकी एक प्रमुख पात्र हुन् । पिता गान्धार नरेश सुबलले गान्धारीलाई हस्तिनापुरका महाराज धृतराष्ट्रसँग विवाह गराइदिएका थिए । जबकि धृतराष्ट्र दृष्टिविहीन थिए । यो कुरा थाहा पाएपछि गान्धारीले श्रीमतीको धर्म निर्वाह गर्दै आफ्नो आँखामा पट्टी बाँधेकी थिइन् र जीवनभर नेत्रहीन हुने संकल्प गरेकी थिइन् । गान्धारीको गर्भबाट सय पुत्र एवं कौरवको जन्म भएको मानिन्छ । गान्धारीको जेठा छोरा थिए, दुर्योधन । उनी एकदमै अहंकारी थिए । अतः गान्धारी पुत्र दुर्योधनको बलवान भीमसँग युद्ध हुने तय भइसकेको थियो । त्यही कारण गान्धारी चाहन्थिन् कि पुत्र दुर्योधनको सम्पूर्ण शरीर वज्र समान होस् । कुनै किसिमको प्रहारले उनको शरीरमा क्षति पुर्‍याउन नसकोस् ।यसैअनुसार गान्धारीले दुर्योधनसँग भन्छिन्, ‘म तिमीलाई विजयश्रीको आर्शीवाद त दिने छैन । यद्यपि यो शिव भक्तिनीले तिमीलाई एक कवच पहिर्‍याइदिने छन् । हे पुत्र गंगामा गएर स्नान गरेर आउनु । त्यहाँबाट तिमी सोझै मकहाँ आउनु । त्यसबेला तिमी त्यस्तै स्वरुपमा आउनु जतिबेला जन्मिएको बेला थियौ ।’

तब दुर्योधन सोध्छन्, ‘नग्न माताश्री ?’गान्धारी भन्छिन्, ‘आमाको अगाडि के को लाज रु जाउ स्नान गरेर निर्वस्त्र आउनु ।’ दुर्योधन आफ्नी माताको आज्ञा पालना गर्दै स्नानका लागि गंगातर्फ लाग्छन् ।गंगा स्नानपछि सर्वाङ्ग फर्किरहेका दुर्योधनसँग श्रीकृष्णको जम्काभेट हुन्छ । श्रीकृष्णले उनी सर्वाङ्ग हुनुको राज थाहा पाइसकेका हुन्छन् । त्यसैले श्रीकृष्ण भन्छन्, ‘बाल्यकालको कुरा अर्कै थियो । अहिले तिमी जवान भइसकेका छौं । यो उमेरमा यसरी नग्न भएर माताको सामुन्ने जानु अनुचित हो ।’तब दुर्योधनले रुखका पात टिपेर आफ्नो यौनाङ्ग छोप्छन् । यसरी नै उनी माता गान्धारीको अगाडि पुग्छन् । गान्धारी भन्छिन्, ‘मैले हरक्षण आफ्नो आँखा बन्द गरेर राखें । अब केही समयका लागि आँखाको पट्टी खोल्दैछु । मैले तिम्रा भाइहरूलाई त देख्न सकिन । तिमीलाई भने आज हेर्दैछु ।’तब गान्धारीले आफ्नो आँखाको पट्टी खोल्छिन् । उनको आँखाबाट निस्किएको ज्योतिपुञ्ज दुर्योधनको शरीरमा पर्छ। तर, गान्धारीले देख्छिन् कि दुर्योधनले आफ्ना यौनाङ्ग भने खुला राखेका छैनन् । तब उनले छोरालाई यसबारे प्रश्न गर्छिन् । दुर्योधन भन्छन्, ‘म सम्पूर्ण रुपमा नग्न भएर कसरी तपाईंको सामुन्ने आउन सक्छु म त रु’दुर्योधनको कुरा सुनेर गान्धारी निकै दुःखी हुन्छिन् । उनी भन्छिन्, ‘मैले तिम्रो शरीरलाई जति नग्न देखेँ, त्यो वज्र समान भयो । यदि तिमीले ठूलाको आदेश मान्ने परम्परालाई नभुलेको भए तिमी अजेय हुन्थ्यौं ।’तब पछुतो मान्दै दुर्योधन भन्छन्, ‘त्यसो भए म यो पात हटाइदिन्छु माता ।’गान्धारी भन्छिन्, ‘अब त्यसको कुनै अर्थ छैन । मैले जुन बखत पट्टी खोलेर तिमीमाथि दृष्टि राखेँ, त्यसमा मेरो भक्ति आफ्नो सतित्व र आफ्नो ममताको सम्पूर्ण शक्ति मिलाइदिएकी थिएँ पुत्र ।’