इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले प्रदान गर्‍यो एकाउन्न हजार

प्रकाशित मिति:

बुटवल ८ सुक्खानगरमा अबस्थित इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाद्वारा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सन्चालित कोरोना बिशेष अस्पताललाई एकाउन्न हजार सहयोग प्रदान गरेको छ ।

उक्त रकम बराबरको चेक लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई तथा मेडिकल सुपरिडेण्टेन्ट डा राजेन्द्र खनाल लाई संस्थाको तर्फ बाट संस्थाका अध्यक्ष धुर्ब कुमार धिताल , उपाध्यक्ष कृष्ण प्रसाद अर्याल तथा सचिब माया गौतमले प्रदान गरेका थिए ।कोरोनाका कारण देशमा निम्तिएको बिकराल अवस्थामा संस्थाले सामाजिक उत्तरदायित्व अनुसार सहयोग हस्तान्तरण गरेको संस्थाकि सचिब माया गौतमले जानकारी गराउनु भयो ।