कहिले सम्म सहेर बस्ने सिमा अतिक्रमण !

प्रकाशित मिति:

       किन भइरहेको छ सिमा अतिक्रमण !
विशाल भण्डारी – भौगोलिक दृस्टिकोणले हिमाल , पहाड र तराईमा बिभाजित मेरो देश नेपाल प्रकृतीको सुन्दर बगैंचा , ऋषिमुनीहरुको तपोभुमी र वीर योद्धाहरुको कर्मभुमी हो । पुर्व मेची देखि पश्चिम महाकालीसम्म फैलिएको मेरो देश भित्र विभिन्न जातजाति , कला संस्कृति , धर्म, भेषभुषामा रमाइरहेको देख्दा कसको मन प्रफुल्ल हुदैन र यहाँ?
विश्वमानचित्रमा सानो देखिए पनि नेपाल देश भनेर विश्वबजारमा राम्रै चर्चा चलिरहेको हुन्छ मेरो देशको । विश्वकै सर्बोच्च शिखर सगरमाथा , विस्व शान्तीका अग्रदुत गौतमबुद्ध , सत्य युगमा शासन गरेका भगवान राम र सिताको महिमा , मन्दिरै मन्दिरको देश , विभिन्न प्राकृतिक सौर्न्दर्यले सजिएको धेरै ठाउँहरुमा खोज्दै हिड्नुपर्ने हिमाल , पहाड र तराई एकै देशमा पाउनुले साच्चिकै सम्झन लायक छ मेरो देश नेपाल ।
सुन्दर बगैंचा मास्न खोज्नेहरु होसियार , ऋषिमुनीको ध्यान भङ्ग गर्न खोज्नेहरु होसियार , हामी सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकहरुलाई विभिन्न प्रलोभनमा पार्न खोज्नेहरु होसियार , नेपालमा बस्ने , नेपाली हुँ पनि भन्ने अनि नेपाल आमालाई नै विभिन्न आरोप प्रत्यारोप लगाएर नेपाल आमाको इज्जत लुट्नेहरु होसियार , हामी भौगोलिक दुरिमा टाढा भएपनी एउटै घरका सदस्यहरु बनेर बसिरहेको देख्न नसक्नेहरु होसियार , आफ्नो घरका कुरा छिमेकीहरु संग लगाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरु होसियार यी र यस्तै कुराहरुप्रती होसियार हुन जरुरी छ हामी देश भक्तिहरुमा । हाम्रो देशको स्वाभिमान जोगाउन हामी युवाशक्तीहरुलाई किन नेपाल देशले चिन्न सकिरहेको छैन ? अझै पनि देशमा किन यस्ता अराजक गतिविधिहरु मौलाउदै गइरहेका छन । देशभक्ती नेपालीहरुको मन त अवस्य दुखेको छ होलानी ? वाराम्बार नेपाली भुमीमाथी भारतले अतिक्रमण गरिरहदाँ किन मौन हुन्छ हाम्रो सरकार ? किन ठोस निर्णय गर्न सक्दैन यो सिमा अतिक्रमण बढिरहदाँ पनि , पटकपटक किन नेपाल आमामाथी यो अन्याय र अत्याचार ? कहिले सम्म सहेर बस्ने हामी नेपालीहरु आफ्नै भुमीमा आएर बिदेशीहरुले डम्फो बजाइरहँदा । कहिले सिंहदरबार अगाडि डम्फो बजाईदिन्छन त कहिले लिपुलेक , लिम्पियाधुरा र कालापानीमा । दस गज्जाको त के कुरा गर्नु भारतीय बिस्तारबादीहरुले मनपर्दी गरिरहेका छन । अनि हामी सिमावर्ती नाकाहरुमा बस्ने नेपालीहरु टुहुरो वालकले टुलुटुलु हेरेर बसे जस्तै बस्न बाध्य छौँ । वीर गोर्खाली , बहादुर नेपाली किन मेटिदै छ हाम्रा पू्र्खाहरुको यो साख ? सानो तिनो दुखले आर्जेको राज्य होइन , आइलाग्ने माथी जाइलाग्न पनि नेपाली रुक्दैन , खै त यी महाबाणी कता हराइरहेका छन ? किन मौन छौ हामी देशभक्ति युवाहरु ? किन निहुँ खोजिरहेको छ छिमेकी देशहरु ? भनिन्छ नि छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हुन भनेर , अब कुनै बिश्वास र आधार छैन यो कुराहरुलाई उदाहरण दिएर पुष्टि गर्नुको । कठै हाम्रो छिमेकी , कठै हामी नेपाली , कठै हाम्रो सरकार ! किन बुझ्न सक्दैन हाम्रो सरकारले नेपालीहरुलाई , किन मेट्न खोज्दैछौ हामीहरु हाम्रो कला , संस्कृति , धर्म ,रहनसहन र भेषभुषा ? किन चिन्न सक्दैनौ हामी नेपालीले नेपालीलाई ? भनिन्छ नि भाईफुटे गवार लुटे कतै यस्तै त भएको छैन यहाँ , किन मौन छन यस्तो गम्भीर बिषयमा पनि हाम्रो देशका राजनैतिक दलहरु । २/४ वटा ब्यक्ति र १/२ वटा राजनैतिक दलमात्रै हुन त नेपालमा ? यदि होइनन भने किन गुपचुप छन त बिभिन्न राजनैतिक दलका नेताहरु , किन मौन छ त नेपाल सरकार , किन आवाज उठाउदैनन देशप्रेमीमनहरुले । लिपुलेख , लिम्पियाधुरा र कालापानीको मनोरम दृश्यहरु मेरो आँखा अगाडि झलझली आइरहदा ती प्राकृतिक क्रिडाभुमि रातारात अर्काको नक्सामा छापिएको देख्दा एक देशभक्त युवाको मनपनि फुटेको ऐना जस्तै भएको छ आज यहाँ । गरिव हुँदैमा आफ्नो इज्जतनै लुट्याइरहने होइन । मेरो देश नेपाल सानो छ , जनसंख्या पनि थोरै छ , अर्थतन्त्र कमजोर छ , भन्दैमा हामीमाथी जे गरेपनी हुन्छ भन्ने गलत प्रवृत्ति मौलाउदै जानुले पनि बुझ्न सकिन्छ हाम्रो देशका छिमेकीहरुलाई । अब पनि के-को आश गरोरहेको छ सरकार ? किन हेपिरहेका छन छिमेकी दाईहरुले ? हामी हाम्रो स्वाभिमानलाई सधै उच्च बनाउन चाहान्छौ । हामीहरु हेपिनु , मिचिनु र बेचुनुमा अरुलाई किन दोष ? हामिहरु आफैले म , म भन्ने दिन आएको छ । अरुको देखासिखी , अरुको गुणगान , अर्कै धर्ममा रमाउने , अर्कै संस्कृतिलाई अंगाल्ने , आफ्नो भेषभुषालाई लत्याएर अर्कै भेषभुषामा रमाउने हामी नेपालीहरुलाई नकुटेर , नमिचेर , नबेचेर के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?

कारण अरु केही होइन , हामीहरु आफै हौ , कसैले पनि कसैको शक्ति मापन गर्न सक्दैन सितिमिति तर हाम्रा छिमेकी दाईहरुले हाम्रो शक्ति मापन गरिसके र आफ्नो प्रभुत्व जमाइसके किनकी हामी सम्पुर्ण नेपालीहरु परजीवी भएर बाचिरहेका छौ । हामीहरुलाई नेपालमा गरिखान लाज लाग्छ , आफ्नो खेतवारी

बाझो बनाएर अर्कै देशको गुलामी गर्न हिड्ने हामी नेपालीहरु सबै यस्तै छौ । सरकारलाई मात्र कति दोष लगाइरहनु , हाम्रो पनि सचेत नागरिकको पहिचान दिने कर्तव्य हो । ज्यानको बाजि राखेर रातदिन पसिना बगाईरहेका कोरियामा रहेका मेरा साथी राजन भण्डारीले भन्दै थिए कोरिया-कोरिया भनेर बढी मेहनतका साथ कोरिया त आइयो तर देख्दा राम्रो छ बुझ्दा अलि फरक रहेछ कोरिया । यहाँ जति मेहनत नेपालमा गर्ने हो भने नेपालमै सुन फलाउन सकिन्छ भन्दै आफ्ना गुनासोहरु सुनाउँदै गर्दा मलाई पनि कताकता छोइरहेको थियो । साथीका ती शब्दवाणहरुले । कोरिया जापान युरोप अमेरिका र खाडी मुलुकहरुमा पसिना बगाइरहेका हामी नेपालीहरुलाई स्वदेशमै रोजगारीमुलक कार्यक्रम ल्याएर दक्ष तथा कर्मठ युवाहरुलाई कृषि क्षेत्र पशुपालन र अन्य औद्योगिक कार्यहरुमा समाबेश गर्न सकियो भने अवस्य पनि हाम्रो देशको मुहार फेरिने थियो कि ? विभिन्न सीप र ज्ञान बटुलेर बिदेशी भुमीमा दिनरात पसिना बगाइरहेका हाम्रा युवाशक्तीहरु डर , त्रास र भयले बाच्नु पर्ने त थिएन यो अवस्थामा । विभिन्न सीप तथा दक्षता अनुसारको रोजगारी सृजना गरेर ‘ समृद्ध नेपाल , सुखी नेपाली’ भन्ने नारालाई मुर्तरुप दिन जरुरी छ ।
हामी सम्पुर्ण देशप्रेमी आमाबुवा , दाजुभाई र दिदिबहिनीहरुको मन पनि आज बिछिप्त भएको छ । नेपाली हामी रहुँला कहाँ नेपालै नरहे कति मार्मिक छ यो कथन , कति अर्थपूर्ण छ यो भनाई । त्यसैले हामी वीर गोर्खालीका सन्तानलाई चुप लागेर हाम्रो भुमीमा भारतले देखाएको दादागिरीलाई टुलुटुलु हेरेर बस्न सक्दैनौ अव ! नेपालको संविधानको धारा ४८ को ‘ग’ मा राज्यले चाहेको बखत अनिबार्य सेवा गर्नुपर्ने ब्यबस्थाको उल्लेख अनुरुप हामी सम्पुर्ण देशभक्ती युवाहरु एकजुट भएर हाम्रो भुमी फिर्ता लिन चाहान्छौ । यसको लागि नेपाल सरकार , सम्पुर्ण राजनैतिक दलहरु , समाजसेवी , बुद्धिजीवी , सामाजिक अभियान्ता र अन्य सरोकारवाला निकायहरुले आपसी सद्भाव कायम राखी आवश्यक सर-सल्लाह र समन्वय गरि हाम्रो भुमी फिर्ता लिएरै सम्पुर्ण नेपाली आमाबाबु , दाजुभाइ , दिदिबहिनीहरुको मन र मष्तिस्कमा बस्न सफल हुनु सुभकामना ।

(लेखक भण्डारीले देशको समसामयिक बर्तमान समयको चर्चा र परिचर्चा बटुलेको शिर्षकमा आफ्नो लेख / टिप्पणी लेख्ने गर्छन )