मधेशी पत्रकारद्वारा कोरोना बीमा

प्रकाशित मिति:

भैरहवा । न्युज ओके मिडिया, मधेशी पत्रकार समाज नेपाल, रुपन्देही र सगरमाथा इन्स्यारेन्सको सहकार्यमा पत्रकारहरुको एक लाखको कोरोना बीमा गरिएकोे छ । भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा क्रियाशिल १६ जनाको बीमा गरिएको मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको समयमा पनि जोखिममा रहेर काम गर्ने पत्रकारहरुको लागि कोरोना बीमा गरिएको विश्वकर्माले बताए । कोरोना संक्रमणको पुष्टी भए तत्काल प्रदान गरिने एक लाखबाट पत्रकारको परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले बीमा गरिएको न्युज ओके मिडियाका सम्पादक मनोरञ्जन शर्माले बताए ।पीसीआर परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टी भएमा बीमालेख जारी भएको एक वर्षसम्म बीमितले एक लाख भुक्तानी पाउने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले बताए ।