कोरोना जोखिममा सिमानामा काम गर्ने कर्मचारी

प्रकाशित मिति:

स्याङ्जा—२ जेष्ठ-विश्वभर फैलिएको कोरोना भाइरसले पछिल्लो समय नेपाललाई पनि सताउदै आएको छ । कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउन करिव दुईमहिना पुग्दैछ । नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिए सगै स्याङ्जा पनि ससंकित बन्न थालेको छ । प्रदेश नम्वर ५ मा कोरोना संक्रमितको संख्या बढे सगै सिमानामा बसेर काम गर्ने कर्मचारीहरुले जोखिम हुन थालेको गुनासो गर्न थालेका छन् । स्याङ्जा ५ नम्वर प्रदेशको सिमानामा पर्ने जिल्ला हो । गल्याङ नगरपालिकाको राम्दी गण्डकी प्रदेश र ५ नम्वर प्रदेशको सिमाना रहेको छ । भारतबाट गण्डकी प्रदेशमा आउन छोटो दुरीको बाटो स्याङ्जा पर्ने भएकाले अहिले स्याङ्जा पनि उच्च जोखिममा पर्न सक्ने आकल गरिएको छ । जिल्लालाई कोरोना मुक्त बनाउने अभियान अनुसार जिल्ला विपद व्यवस्थापन समितिले स्याङ्जा प्रवेश गर्ने दुई नाका राम्दी र कुभिन्डेका सुरक्षा निकाय सगै स्वास्थ्यकर्मीको टोलीनै लकडाउन भएदेखि खटाएको छ । दुवै नाका बाट जिल्ला प्रवेश गर्ने नागरिक होस वा यात्रुबहाक सवारी साधन होस यिनीहरुको स्वास्थ्य अवस्था बुझेर मात्रै जिल्ला प्रवेश गर्न पाईन्छ । तर दुवै नाकामा बसेका सुरक्षा निकाय, स्वास्थ्यकर्मीले भने असुरक्षा महशुष गर्न थालेका छन् । सबै भन्दा जोखिममा रहेको राम्दी नाकाबाट भित्रने नागरिक वा यात्रुबहाक सवारी साधनको चेकजाचमा सुरक्षित स्वास्थ्य सामाग्री नहुदा कोरोना जोखिम हुन सक्ने कर्मचारीहरु बताउछन् ।

ज्वरो नापेर मात्रै नागरिक पठाउदा कुन व्याक्ति कोरोना संक्रमित हो वा कुन होइन भन्ने छुट्टाउन अफठ्यारो भएको राम्दी स्वास्थ्य चेक हेल्थ प्रमुख बिष्णुमाया बस्याल बताउछिन । सामान्यतय कोरोना भाइरसबाट जोगिन लगाउने पिपिई नै एकसेट मात्रै पाईएको छ बस्यालले भनिन्,“बेलुका धुने अनि बिहान सोही पिपिई लगाएर काम गर्नुपर्ने अवस्था छ ।” भारत लगायत ५ नम्वर प्रदेशबाट नागरिक प्रवेश गर्ने नाकामा अत्याधुनीक स्वास्थ्य सामाग्री हुनुपर्ने बस्यालको भनाई छ । ५ नम्वर प्रदेशका विभिन्न जिल्लामा संक्रमितको संख्य देखिन थालेपछि प्रमुख नाका राम्दीमा कडाई हुन थालेको छ । खाद्यन्न लगायत निर्माण सामाग्री आयत गर्ने प्रदेशका रुपमा रहेको ५ नम्वर प्रदेश स्याङ्जामा कोरोना भाईरस भित्रन सक्ने प्रमुख आधार मानिएको छ । रुपन्देहीबाट स्याङ्जा लगायत पोखरा भित्रने मालबहाक सवारी साधनलाई राम्दीमा स्यानीटाईजर गरेर पठाउने गरिएको छ । सवारी साधनलाई तिन निकायका सुरक्षाकर्मीले पालै पालो सेनीटाईजर गरेर पठाउने व्यवस्था मिलाईएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीले गर्दै आउका छन् । सेनीटाईजर गर्ने सामाग्री पनि सुरिक्षत र नजिकबाट गर्नुपर्ने समस्या रहेको सुरक्षा निकायका कर्मचारीहरु बताउछन् । क्वारेन्टाईनमा बसेकाहरुको स्वाव र रगत टेष्ट गर्नका लागि पनि प्रयाप्त पिपिई नहुदा स्वास्थ्यकर्मीलाई समेत कोरोना जोखिम हुन सक्ने बताईएको छ । सुरक्षित पिपिई नहुदा पलाष्टिकको पिपिईबाट उनीहरुको स्वाव वा रगत लिन बाध्य स्वास्थ्यकर्मी रहेका छन् । सबै भन्दा बढी लकडाउनको समयमा सडक देखि ग्रामिण क्षेत्रमा खटिने नेपाल प्रहरीलाई नै सुरक्षित सामाग्री नभएको गुनासो आउन थालेको छ । तर जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख बिमलराज कणेलले भने सबै सुरक्षाकर्मीहरुलाई सुरक्षित भएर सेवा दिन सुझाएको बताए ।

प्रयाप्त मात्रमा कोरोना संक्रमित सगँ जोगिन सक्ने खालका सामाग्री कमै हो प्रहरी प्रमुख कणेलले भने,“यस विषयमा सर्वपक्षिय बैठकमा आफुले चासो देखाएको छु ।” यो संक्रमणमा सबै भन्दा फ्रन्ट लाईनमा बसेर सेवा प्रवाह गर्ने प्रहरी लगायत सबै कर्मचारी सुरक्षित हुनु आवश्यक छ उनले भने ।कोरोना संक्रमणका लागि सुरक्षाकर्मी, स्वास्थयकर्मी, प्रशासन, पत्रकार र जनप्रतिनिधि नै फ्रन्टलाईनमा बसेर काम गर्नुपर्ने अवस्था देखिएको छ । उनीहरुलाई नै सुरक्षित सामाग्री नहुदा कोरोना जोखिम मोल्न बाध्य भएका छन् । कर्मचारीको गुनासोलाई छिट्टै सम्वोधन हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । अत्यन्तै आवश्यकतालाई मध्य नजर गरेर प्रदेश सरकार संघिय सरकार सगँ समन्वय भईरहेको प्रजिअ कुरुम्बाङ्ले बताए । जिल्लालाई कोरोना मुक्त बनाउन यहाँका जनप्रतिनिधि, सबै कर्मचारीहरुले आ—आफ्नो भुमिका खेलेको दावी उनको छ । स्याङ्जाका पिसिआर र आरडिटी मार्फत गरिएको कोरोना परिक्षण अहिले सम्म नेगेटिभ देखिएको छ ।सवारीलाई कोरोमुक्त गरिदैः गण्डकी प्रदेशको सिमाना राम्दीमा सवारी साधनलाई सेनिटाईजर गर्दै सुरक्षाकर्मी । ५ नम्वर प्रदेशबाट प्रवेस गर्ने हरेक सवारी साधनलाई यसरी सेनिटाईजर गरेर गण्डकी प्रदेश प्रवेस गराउदै आएको छ । तस्विर ः श्रीकृष्ण सिग्देल÷स्याङ्जा