संसदमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति (लाइभ)

प्रकाशित मिति:

काठमाडौं, जेठ २ – सरकारले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ।शुक्रबार संघीय संसद ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन्।

राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराएर सजाइएको छ। जेठ १५ मा आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नै संसदमा नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गरिसकेपछि साँझ ६ बजे संसदको दोस्रो बैठक बस्ने कार्यतालिका छ। हेर्नुस् लाइभ