एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

३ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
56 Shares


लिस्वन। पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् । यो नियम संसदबाट पास हुन भने बाँकी छ । पोर्चुगलमा एक वर्षसम्म बसोबास गरेका आप्रवासीहरुका बच्चालाई नागरिकता उपलब्ध गराउन राष्ट्रियतासम्बन्धी कानुनमा संशोधन गरी संसदमा टेबुल भएको छ । यदि राष्ट्रियता कानुनमा गरिएको संशोधनलाई संसदले स्वीकृति दिएमा नयाँ कानुन अनुसार नागरिकता पाइने छ ।पोर्चुगल सरकारले नयाँ आउने कानुनमा आप्रबासीका बालबच्चा एक वर्षभन्दा बढि समय पोर्चुगलमा वैधानिक रुपमा बसेको हकमा नागरिकता दिने व्यवस्था गर्न लागेको हो । यस्तै, विदेशी नागरिकको बालबच्चा पोर्चुगलमा जन्मिएको आधारमा पनि नागरिकता दिने गरी कानुनमा संशोधन गर्न लागिएको हो ।

अहिलेसम्म बाबु अथवा आमामध्ये एकजना कम्तिमा २ वर्षसम्म बैधानिक रुपमा पोर्चुगल बसेको हुनुपर्ने व्यवस्था छ । सोही आधारमा अहिलेसम्म तिनका बालबच्चाले पोर्चुगलको नागरिकता पाउँदै आएका छन् । तर अब ल्याउन लागिएको नयाँ कानुनले त्यस्तो व्यवस्थालाई संशोधन गरी उक्त अवधिमा बाबु अथवा आमा कानुनी रुपले पोर्चुगलमा नबसेको अवस्थामा पनि तिनका बालबच्चाले नागरिकता पाउने छन् । यस्तै सरकारले पर्यटक भिषामा पोर्चुगल आएर भिषा अवधिमै बच्चा जन्माएको खण्डमा पनि त्यस्ता बच्चाले समेत नागरिकता पाउने छन् । उता, विभिन्न युद्धग्रस्त मुलुकबाट बेबारिसे अवस्थामा रहेका बाल बच्चालाई पोर्चुगल ल्याएर नागरिकता दिने सरकारी तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…