कोरोनाबाट बेलायतमा ६३ जना नेपालीको मृत्यु

प्रकाशित मिति:

लन्डन, जेठ ३ : कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ। लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबारसम्म ६३ नेपालीको मृत्यु भएको बताए। मृत्यु हुनेहरुमाल ५२ पुरुष र ११ महिला रहेका छन्।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ रहेको छ। गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको थियो। साता दिनमा थप दुई जनाको मृत्यु भएको हो।