अमेरिकाबाट कांग्रेसका युवा नेता हरि भट्टले दिए नेपाली कांग्रेस गोरखालाई स्वास्थ्य सामाग्री

प्रकाशित मिति:

गोरखा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री हास्तान्तरण गरेको छ ।

नेपाली जन-सम्पर्क समिति अमेरिका “नर्दन क्यालिफोर्नियाको सचिव, नेपाल तरण दल गोरखाको पुर्व उप-सभापति,नेपाली कांग्रेसका युवा नेता हरि भट्टले नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । एक हजार पाच सय थान माक्स र १० लिटर सेनिटाइज उपलब्ध गराउनु भएको गोरखा कांग्रेस सचिव नन्द प्रसाद न्यौपानेले बताउनु भयो । साथै, उक्त स्वास्थ्य सामाग्री आवश्यकता अनुसार स्थानीय तहलाई वितरण गरिने उहाले बताउनु भयो ।