नेपालीको सेवामा तल्लिन मथु दिदी : माक्स बनाउन बढ्यो व्यस्तता

प्रकाशित मिति:

मुकुन्द सुवेदी फिलाडेल्फिया अमेरिका । कोरोना भाइरसको प्रकोपले गर्दा अमेरिकामा रहेका नेपालीहरुको दिन चर्या बदलिएको छ । यहाँका मानिसहरु कोरोनाका कारण सुतेर दिन बिताउँछन् । केही चाँही मिठो परिकार बनाएर खाने र आराम गर्नमै बित्ने गरेका छ ।तर केही यस्तो नेपालीहरु छन्, जो कोरोनाको सन्त्रासका कारण अफ्ठरोमा परेका नेपालीहरुलाई सहयोग जुटाउन र दिनमै व्यस्त छन् । आफ्नै खर्चमा माक्स, खानेकुरा, फलफुल र औषधि वितरणमै व्यस्त रहँदै आएका छन् ।यिनीहरुलाई समयको अभाव छ । न ढुक्कसँग बसेर आफु आराम गर्छन्, न आफ्नो स्वास्थ्यको कुनै ख्याल गर्छन् । यस्ता व्यक्ति कम छन्, जसलाई औँलामा गन्न सकिन्छ । यसरी औँलामा गन्न सकिने सुचीमा पर्छिन् ने नेपाली सामाजिक अगुवा मथु लामा ।नेपालको काठमाडौंस्थित बौद्ध जोरपाटी घर भएकी लामालाई यतिबेला एकछिन फुर्सद छैन । न्यु हेम्सायर राज्यमा बसोबास गर्ने लामा अमेरिकामा बसोबास गर्ने बालबालिका, बृद्धबृद्धा र तरुणहरुलाई माक्स सिलाउन र वितरणमै समय बित्छ ।

खासगरी कोरोना भाइरसले ठूलो प्रभाव पारेको न्युयोर्क, पेन्सलभेनिया र क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीलाई माक्स दिनु उनको दैनिकी नै बनेको छ । माक्न दिएवापत न उनले पैसा लिन्छिन्, न पार्सल गरेको पैसा नै । ‘यो मैले आपतमा परेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई केही सहायोग गरौं भन्ने मेरो चाहना हो’ उनले निशान न्युजसँग भनिन्, ‘यो मेरो कर्तव्य पनि हो । यसबाट अफ्ठेरोमा परेका नेपालीलाई मद्यत पुग्छ की भनेर लागेको हुँ । म यसबाट सन्तुष्ट छु ।’ मथु दिदीको नामले परिचित उनी घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय सदस्य समेत थिइन् । उनी व्यवसायी भएका कारण पनि आफैँ दिनरात माक्स सिलाउन र माग भएको ठाउँसम्म पु¥याउन ब्यस्त रहन्छिन् । कसैले माक्स माग्ने बित्तिकै तुरुन्तै पठाउने गर्छिन् ।सन् १९९७ सालमा अमेरिका आएकी मत्थु लामाका श्रीमान र ३ छोराछोरी छन् । श्रीमान कल्याण लामाले उनको कामलाई पूर्ण रुपमा सहयोग गरिरहेका छन् । तामाङ सोसाइटी उत्तर अमेरिकाकी केन्द्रिय सदस्य, अमेरिकामा रहेको नेपाली गुठीको संरक्षक र आदिवासी जनजाति महासंघ अमेरिकाको सदस्य रहेकी लामाको काम देखेर अमेरिकामा बसोबास गर्ने नेपालीहरु खुसी भएका छन्