गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न।

प्रकाशित मिति:

अमेरीका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम आज भव्यता का साथ सम्पन्न गरेको छ। न्युयोर्क शहर को क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि सँग सहकार्य गरी फाउण्डेशनले निशुल्क खाद्यन्न वितरण आज मई १३,२०२० को दिउसो १ बजे वाट सुरु गरेको ४० मिनेट भित्र सबै खाद्यन्न हरु समाप्त भएको थियो। ६ फीट को दुरी मा लाईन लागेर प्रथम प्रथमतः का आधारमा वितरण गरिएको उक्त खाद्य सामग्रीहरु नेपाली लगायत ७ समुदाय का मानिसहरु गरी जम्मा १५० जना लाई फाउण्डेशन कै न्यु योर्क स्थित कार्यालय अगाडी बाट वितरण गरियो। १०० बक्स स्वस्थ खानेकुरालाई लाईन अनुसार क्रमशस् हस्तान्तरण को उद्घाटन गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घीमीरेले प्रथम बक्स दिएर सुरु गर्नु भएको थियो।  ५० वटा उबर ईट्स खाना को कुपन पनि आजै बाडीएको थियो।

प्रतेक कुपन $२५ बराबरको मुल्य मा खाना लिन पाईन्छ र जम्मा  $१२५० को कुपन सहयोग एसेमब्ली मेम्बर माईकल डेनडेक्कर ले उपलब्ध गराउनु भएको थियो। फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल, सुर्य सीमखडा, नेपाल ट्रेड युनियन काग्रेंस की पुर्व केन्द्रीय सदस्य कमला पन्त, नेजससअ-न्युयार्क का सचिव अनील पाण्डे र क्लिनिकल सामाजिक कार्यकर्ता एवम् द्विभाषी चिकित्सक प्रीयंका थापा हुनुहुन्थीयो।यसै कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका की कोषाध्यक्ष छोन्जोम लामा, नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा हरुको पनि उपस्थिति रहेको थीयो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्कर लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।