अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी

प्रकाशित मिति:

काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् ।नेपाल प्रहरीका एक अधिकृतले महिलाको दाहसंस्कार गर्ने तयारी भइरहेको लाई बताए । उनले भने, ‘शव बाहनमार्फत पशुपति आर्यघाट लाँदैछौं ।@onlinekhabar