इटालीमा २ लाख २४ हजारमा कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति:

काठमाडौं – इटालीमा २ लाख २४ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १५३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७६० पुगेको छ ।इटालीमा संक्रमितमध्ये १ लाख २२ हजार ८१० जना उपचारपछि निको भएका छन् ।उपचार गराइरहेका ७० हजार १८७ जनामध्ये ७७५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।