फोटो पत्रकार महासंंघलाई जीपी फाउण्डेसनद्धारा प्रेस ज्याकेट सहयोग

४ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
247 Shares


काठमाडौ । नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएको छ ।सो ज्याकेट ज्याकेट फाउण्डेसनकी अध्यक्ष एंव कांग्रेस नेतृ सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका विच महासंघलाई काठमाडौमा शनिबार हस्तान्तरण गरेकी छन् ।

कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटोपत्रकारहरूलाई लक्षितगरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको गर्दै अध्यक्ष कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको बताइन् ।त्यसैगरि महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारि भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटो पत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिएको महासंघका महासचिव हरिप्रसाद रेग्मीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया