शिवराज नगरपालिका वडा नं. ८ खुल्ला दिसामुक्त घोषणा

प्रकाशित मिति:

दिपक के.सी. कपिलवस्तु, कार्तिक १३ नेपाललाई पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य अनुसार शिबराज नगरपालिकाले यो अभियानलाई सशक्त रुपमा अंगाडि बढाएको छ । नगरपालिकाको वडा नंं ८ लाई मंगलबार एक कार्यक्रमका विच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यो वडा संगै शिवराज नगरपालिकाको ११ वटा वडा मध्ये ९ वटा वडा खुल्लादिसा मुक्त वडा भएका छन । वाकी रहेका वडा नं. ६ र ७ लाई पनि छिट्टै खुल्ला दिसामुक्त घोषाण गर्ने लक्ष्य अनुरुप काम भइरहेको उप प्रमुख शिवकुमारी थारुले बताईन । घोषण सँगै आगामि दिनमा शौचालयको नियमित प्रयोग हुनुपर्ने , शौचालयको सहि प्रयोग भए नभएको अनुगमन गरिने र अब खुलाठाँउमा दिसा गरेको पाइए कारवार्ही समेत हुने नगरउप प्रमुख थारुले बताईन । कार्यक्रममा बोल्दै थारुले सबैले आफ्नो आनीबानीमा परिर्वतन ल्याई शौचालयको प्रयोग गर्नु पर्नेमा जोड दिइन । वडा नम्बर ८ मा रहेका कुल ७०२ घरमा शौचालय निर्माण भएको प्रतिबेदन वडा अध्यक्ष शंकर अहिर प्रस्तुत गरे ।वडा नं. ८ लाई खुल्ला दिसामुक्त वडा घोषाण बनाउन सहयोग पुराउने सम्पूर्ण वडा बासीलाई उनले धन्यवाद समेत व्यक्त गरेका छन । अब शौचालयमा नै गएर दिसा गर्ने बानी बसाल्नु पर्ने अध्यक्ष अहिरले वडा बासीमा अनुरोध पनि गरे । कार्यक्रममा शिवराज नगरपालिका सरफाइ दुत महादेव पोखरेलले लामो प्रयास पछि वडा लाई खुल्ला दिसा मुक्त बनाउन सकिएको बताए । सरसफाई र आनीबानीमा परिर्वतन गर्दै अब पूर्ण सरसफाई घोषणा तर्फ लाग्नु पर्नेमा पोखरेलले जोड दिए । अब सम्पूर्ण नगरपालिका लाई खुला दिशा मुक्त गर्न सबै एकजुट भएर लागेर नगरपालिकालाई खुला दिसा मुक्त गराउन तर्फ सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए । कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, वडा नं. ६ का अध्यक्ष सन्तरी प्रसाद कुर्मी, वडा नं. ७ का अध्यक्ष अनुप कुमार चौधरी,वास अफिसर राजेश चौधरी, स्वस्थ्य स्वयम् सेविका, स्थानीय बुद्धिजीवी ,समाजसेवी, वडा बासी संचारकर्मीको उपस्थितीमा वडालाई खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको हो ।