कविता : बिर्सन्छन्की डर छ

प्रकाशित मिति:

कर्मचारीले काम
व्यापारीले दाम
भक्तजनले राम
ज्वाइँनारानले खाम
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

मन्दिरले पाला
मुलढोकाले ताला
क्रिमले गाला
घाँटीले माला
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

किसानले धान
गायकले गान
खेलाडीले मैदान
दानवीरले दान
शासकले संविधान
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

योगीले योग
डाक्टरले अन्य रोग
ज्योतिषीले जोग
देवताले भोग
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

दुई नेत्रले देख्न
कलमले लेख्न
टेलरले छेक्न
पैतालोले टेक्न
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

ठेकेदारले पुल
बगैंचाले फूल
चौतारोले हुल
विद्यार्थीले स्कुल
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

अचानोले मासु
बुहारीले सासु
परेलीले आँसु
खरिदारले नासु
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

शिरले ताज
कपडाले लाज
तरकारीले प्याज
बैंकले ब्याज
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

पाहुनाले आउन
गृहिणीले पकाउन
छिमेकीले धाउन
पार्कले रमाउन
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

प्रेमीहरुले डेट
पार्लरले स्टेट
सैलुनले कपाल
दुई खुट्टाले चप्पल
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।

भिक्षुकले भिक्षा
शिक्षकले शिक्षा
सिउँदोले सिन्दूर
एजेन्टले हिसाब र
न्यायालयले निसाप
बिर्सन्छन्की डर छ
किनकी विश्वभर कोरोना कहर छ ।।  – बाबुराम भण्डारी