कोरोना भाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या १५ हजार

४ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । ब्राजिलमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा निरन्तररुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् ।

अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट दुई लाख ३३ हजार १४२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १४ हजार ९१९ नयाँ संक्रमित फेला परेका हुन् ।जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा चौथो स्थानमा आइपुगेको छ । संक्रमित संख्यामा ब्राजिलले स्पेन र इटालीलाई पछि पारेको हो । स्रोत : सीएनएन

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे