८ सय किलोमिटर टाढा पुगेर क्यानडामा बिद्यार्थीलाई राहत वितरण गरीयो

४ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
37 Shares


क्यानडा ।कोरोना भाइरसका कारणले समस्यामा परेका नेपालीलाई क्यानडाका समाजसेवीहरुले ८ सय किलोमिटर टाढा पुगेर राहत वितरण गरेका छन । दैनिक जीवन गुजारा गर्न कठिन अवस्थामा पुगेका नेपाली विद्यार्थीहरुलाई टोरन्टो शहर बाट निकै टाढा ८ सय किलोमिटरमा पुगेर नेपाली जनसम्पर्क समिति क्यानाडा का महामन्त्रि बसन्त कार्की, पोखराका पर्यटन व्यवासायी तथा होटेल लेक paradise का संचालक सुरेश पहारी, क्यानाडा का realtor आशिर्बाद सुबेदी युबा समाजसेवी हरी दाहाल र दिपक के सि द्वारा राहत वितरण गरिएको हो । टोरोन्टो शहर बाट निकै टाढा आएर राहत वितरण गरि दुस्खमा साथ दिएको भन्दै विद्यार्थीहरुले खुसि ब्यक्त गरेका छन । यतिबेला हामीलाई समस्या छ आगनमै पुगेर राहत दिनु भयो उहाँहरु प्रति आभारी छौ सृष्टि पोख्रेलले भनिन् ।केही महिना यता यो टिमले क्यानडाका विभिन्न स्थानमा पुगेर भर्खरै नेपाल बाट क्यानडा पुगेका,काम नपाएर समस्यामा परेका तथा विद्यार्थीहरुलाई राहत वितरण गर्दै आएको छ ।

यति टाढा पुगेर राहत वितरण गरेको भने यो पहिलोपटक भएको टोलीले जनाएको छ । यसै विच जनसम्पर्क समिति क्यानडाले उक्त राहत वितरणमा सहजीकरण र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । प्रवक्ता सुशील भुसालले उक्त कार्य बारे जानकारी दिदैनेपाली जनसम्पर्क समिती क्यानाडाका महामन्त्रि बसन्त कार्की लगाएत अन्य महानुभावहरु क्यानाडाको Toronto City बाट 800 KM टाढा रहेको Sault St Marie भन्ने City  मा गयर राहत बितर गर्नु भएकोमा धन्यवाद । राहत International Nepali Student ११  जनालाई निजहरु बस्ने अपार्टमा पुगेर प्रयाप्त राहत उपलब्ध गराइएको बताइएको छ – राहतको सामान उपलब्ध गराउने समाजसेबी तथा व्यावसायिLiam क्यानाडाका CEO Dr.Purna Kandel  प्रित प्यालेस् मिसिसागा बैँकटहल का Owner Mingmar Norge Sherpa ज्यु हरुलाई हार्दिक आभार समेत दिइएको छ । यस अगाडि पनि जनसम्पर्क समितिको आयोजनामा क्यानाडाको बिभिन्न ऋष्तथ हरुमा नेपाली जनसम्पर्क समिति क्यानाडाकी कार्यबाहक सभापति चन्दा अधिकारिको संयोजनमा तीन सय जना नेपाली बिद्यार्थीहरुलाइ राहत वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग