रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार नाघ्यो

४ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । रुसमा कोरोना भाइरस ९कोभिड-१९० बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ ।रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट ९४ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ६३१ पुगेकोछ ।रुसमा भेटिएका संक्रमित र मृतकमध्ये आधाभन्दा बढी राजधानी सहर मस्कोमा फेला परेका छन् । पछिल्लो समय रुसमा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।स्रोत : सीएनएन

फेसबुकबाट तपाईको प्रतिक्रिया