अस्पतालबाटै प्रधानमन्त्रीको सन्देश ‘ म छिट्टै नै अस्पतालबाट फर्किने छु’

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था, त्यस माथि गरिएको टिप्पणी र परिवर्तित परिस्थितिलाई सम्बोधन गर्दै अस्पताल बाटै सन्देश पठाएका छन् ।

मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्— चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु।

उनले खास घटना उल्लेख नगरी त्यस्ता घटनाप्रति म सवेदनशील छु। धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैननु, सन्देशमा भनिएको छ, यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ।

उनले शान्ति सुव्यवस्था भंग गर्ने आपराधिका कार्यबाट समृद्धिको महाअभियानमा विथोलिने र विकासको मार्ग भत्किने बताएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भएका आधारहीन प्रचारप्रति पनि आफूलाई जानकारी भएको बताएका छन्। ुसामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाको बारेमा आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छु, अगाडि भनिएको छ, ुयसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।