बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन नेपाल उद्योग, वाणिज्य महासंघको माग

प्रकाशित मिति:

काठमाडौं । नेपाल उद्योग, वाणिज्य महासंघ एफएनसीसीआई ले बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनका कारण समस्यामा परेको भन्दै बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको हो ।महासंघले एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडागरी घाटामा जाने उद्योग, व्यापार तथा व्यवसायको लागि तीन वर्षका लागि ३ प्रतिशत पुनर्कर्जा कोषले व्यहोर्ने र दुई प्रतिशत सम्बन्धित बैङ्कले स्प्रेडबाट मिलान गर्नेगरी कर्जा उपलब्ध गराउन समेत माग गरेको छ ।

अन्य सबै उद्योगहरूमा तलब तथा ब्याजका लागि ५ प्रतिशत रिफाइनान्सिङको व्यवस्था गरेर दुई वर्षमा किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने महासंघको माग छ ।महासंघकी अध्यक्ष भवानी राणाले अहिले बैङ्कको ब्याजदरमात्रै तिर्न पनि उद्योगी व्यवसायीहरूलाई अप्ठ्यारो परिरहेको बताइन् । यस्तो बलोमा राज्यले विशेष सहुलियतको प्याकेज ल्याउनु पर्ने उनले बताइन् । कर्मचारीको तलबका विषयमा पनि आपसी समझदारीबाट निर्णय अधिकारी उद्योगलाई नै दिनुपर्ने महासंघको माग छ ।