कोरोना भाइरसका संक्रमित घटेको राष्ट्रपति ट्रम्पको दाबी

५ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं, जेठ ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन्। उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिए।राष्ट्रपति ट्रम्पले भने, अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ।

उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्, यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन्। साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ। अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…