कोरोना अपडेट : एकैदिन ६२ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

प्रकाशित मिति:

काठमाडौं, जेठ ५ – नेपालमा एकैदिन थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए। प्रवक्ता देवकोटाले बाँकेको नेपालगञ्ज, रूपन्देहीको भैरहवा, मोरङको विराटनगर र काभ्रेको धुलिखेलमा गरिएका परीक्षणमा ५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए। संक्रमितहरु बाँकेका ४७, मोरङ, धनुषा, रौतहट, गुल्मी, दाङ र धादिङका एक–एक जनामा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको छन्।यसअघि सोमबार बिहान रौतहटको इशनाथ नगरापालिका २,३, ६ र ९ वडाका २१, २१,२१,२३,२५,२५,२९ र ३० वर्षीय पुरुष, रौतहटकै माधवनारायण नगरपालिका(३ का २९ वर्षीय महिला र बाराको करैयामाइ–५ निवासी २८ वर्षीय पुरुष गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।योसँगै २९८ पुरुष र ५९ जना महिला गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३५७ पुगेको छ। संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।