गैडहवा कृषि फर्मका संचालक सन्दिप द्वारा क्वारेन्टाइनमा तरकारी सहयोग

प्रकाशित मिति:

कमल चौधरी ४ जेठ, बुटवल । रुपन्देही गैडहवा गाउँपलिका वडा नं. ७ निवासी गैडहवा कृषि फर्मका संचालक सन्दिप गुप्ताले गैडवा गाउँपालिकाको क्वारेन्टनइनमा आईतबार तरकारी सहयोग गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा “आफू पनि बचौं अरुलाई पनि बचाउँ र घर भित्र सुरक्षित बसौं । भन्ने उद्देश्यले आफ्नो फर्ममा उत्पादित तराकारीहरु क्वारेन्टन्इनमा पुगेर सहयोग गरेको उनले बताए ।
उनले भने–“गैडहवा गाउँपालिकाको क्वारेन्टाइनमा बस्नु भएको नेपाली दाजु भाइहरुको लागि मैले सानो सहयोग गरेको हुँ । हामी जस्तो सचेत युवाहरुले दुःखको समयमा सहयोग नगरे कसले गर्छ ?युवा नेता तथा लुम्बिनी विकास मंञ्चका अध्यक्ष समेत रहेका गुप्ताले व्यवसायीक रुपमा वि.स. २०७५ सालमा गैडहवा कृषि तथा पशुपालन फर्म दर्ता गरेर संचालन गर्दै आईरहेका छन् । उनले ६५ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आईरहेका छन् ।

उनले अहिले आफ्नो बारीमा टमाटर, भिन्डी, करेला, बोडी, काँक्रो, लौका, मुला, साग, बन्दा कोपी, खुर्सानी, धनिया, गाजर, चुकुन्द, साग लगायतका तरकारीहरु रहेको बताए । कोविड १९ कोरोनाको सक्रमण बढ्दै गएपछि उत्पीडित समुदायका मजदुर, श्रमिक, कृषकहरु निकै समस्या बेहोर्नु परेको छ । कृषकहरुको उत्पादित तरकारी बजार नपाउँदा किसानहरु निकै चिन्तित छन् । त्यस्तै गैदहवा फर्मका संचालक गुप्ताले ग्राहकहरुको सेवाको लागी तरकारीहरु उपभोक्तको घरघरमा विक्रि गर्दै आएको भएपनि पछिल्लो समय रोक लगाएको बताए । उनले हामी जस्तो कृषकहरुको तरकारीहरु बजार पाउँनुपर्ने र यस विषयमा सम्बन्धीत स्थानिय सरकार तथा सरोकारवालाहरुले विशेष ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।विभिन्न समाजिक संघ संस्थामा क्रियाशिल युवा नेता समेत रहेका सन्दिप गैदहवा कृषि तथा जयमा भावनी कृषक समुहका सचिव समेत रहेका छन् ।

उनले आफ्नो फर्मको उत्पादित तरकारी मात्रा नभएर गैदहवाका कृषकहरु विजय केवत, आनन्द कुमार गुप्ता, सक्कल कोहार, रजाउदिन मुसलमान, समिल खाँन, शम्भु गुप्ता लगायतका गैदहवाका कृषकहरुका तरकारीहरु लक डाउनको समयमा बुटवल बजार विक्रि वितारण गर्र्न सहयोग गर्दै आएका थिए ।उनले भने–“स्वदेशमा केही गर्छु भन्ने उद्देश्यले तरकारी खेती गरेको हो ।  तर हामी कृषकहरुको समस्याहरुलाई सरकारले सम्बोधन गर्न सकिरहेको छैन ।” कृषकका तरकारीहरु बजार नपाउँदा कतिपय कृषकहरु बाटोमा नै तरकारीहरु नष्ट गरेको उनले गुनासो सुनाए । युवा समाजसेवी गुप्ताले सरकारले छिट्टै नै स्थानिय सकारले कृषकहरुको समस्या बुझ्नुपर्ने बताउँदै आफ्नो फार्ममा उत्पादित तरकारीहरु क्वरेन्टाईमा बस्नेलाई सहयोग गरेका छन् ।उनले आईतबार निशुल्क रुपमा गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे तथा गैदहवा गाउँपालिका वडा ५ का वडा अध्यक्ष कृष्ण शंकर गुप्ताको समन्वयमा तरकारी हस्तान्तरण गरेको बताए । उनले बोडी ४५ केजी, कांक्रो ४५ के.जी, करेला १५ केजी, खुर्सानी १५ केजी, टमाटर २५ केजी, बन्दाकोपी ३५ केजी, धनिया ५ केजी, मुला ५ केजी लगायत तराकारीहरु सहयोग गरेको जानकारी दिए । उनले आफुले निरन्तर समाजिक सेवामा लागिरहने र यसरी नै सहयोग गर्ने जानकारी दिए ।