आफ्नै कर्मचारीलाई लगडाउनमा राहत स्वरुप खाद्य सामाग्री

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली -जेष्ठ ५, सिसहनिया देउखुरी दाङ आफ्नो पसलमा काम गर्ने कर्मचारीलाई एक टेलरिङ सेन्टरका सञ्चालकले राहत वितरण गरेका छन् । दाङको राप्ती गाउँपालिका अन्तरगत सिसहनिया बजारमा रहेको काठमाण्डौ टेलरिङ सेन्टरमा काम गर्ने ९ जना कालिगडलाई लकडाउनले मार पारेको भन्दै सञ्चालक सन्जिव छिनालले खाद्य सामाग्री वितरण गरेका हुन् । लगडाउनमा काम नआउने र कालिगडले तलवमात्र पाउने हुदा कार्यरत कर्मचारी कालिगडहरुलाई जनहि २५ किलो चामल, दुई किलो दाल, १ लिटर खाने तेल र १ किलो नुन उपलब्ध गराएको काठमाण्डौ टेलरिङ सेन्टरका सञ्चालक सन्जिव छिनालले बताउनु भएको छ ।

लगडाउनमा काम नआएपनि आफुुसंग कार्यरत कर्मचारीहरुको हौसला बढाउन र आगामी दिनमा थप उर्जावान बनाउदै नायँ नयाँ फेसनेवल कपडाको डिजाईन गर्न समेत सहयोग पुराउन सानो सहयोग गरेको सञ्चालक सन्जिव छिनालले बताउनु भएको छ ।सोमवार सिसहनिया उद्योग बाणिन्ज्य संघका सहासचिव ईश्वरी प्रसाद अधिकारीको उपस्थितिमा सन्जिबले खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।सिसहनिया बजारमा रहेको काठमाण्डौ टेलरिङ सेन्टरमा १३ जना कालिगडले काम गर्दै आएकोमा स्थानिय ९ जनालाई दैनिक खाद्य बस्तु प्रदान गरेको र लग डाउन लम्वीदै गएमा पुनः सोच्ने सञ्चालक सन्जिव छिनालले बताउनु भएको छ ।छिनाल राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य हुनुहुन्छ ।