कांग्रेस युवा नेता पोखरेलले बांडे राहत

प्रकाशित मिति:

बुटवल, ५ जेठ । लकडाउनका कारण काम गर्न नपाउंदा छाक टार्न समस्या भएका श्रमिकलाई नेपाली कांग्रेसका युवा नेता एवं रुपन्देही क्षेत्र नं ५ का प्रदेश सभा सदस्यका प्रत्यासी विष्णु पोखरेलले खाद्यान्न सहयोग गरेका छन् । बागलुङ क्षेत्र नं २ का कांग्रेस युवा नेता जित शेरचनको आग्रह अनुसार बुटवलमा रहेका श्रमिकलाई युवा नेता पोखरेलले एक बोरा चामल,दाल,तेल र आलु लगायतका खाद्यान्न दिएका हुन् ।

खाद्यान्न पाएपछि श्रमिकहरुले खुशी वयक्ति गरेका छन् । ‘अस्थायी बासिन्दा भएकाले कसैबाट राहत पाएका थिएनौं,पैसा र खाने कुरा सकिएपछि आफ्नो क्षेत्रका नेतालाई फोन गरेका थियौं’–उनीहरुले भने–‘राहत पाएपछि एक हप्तालाई ढुक्क भएका छौं ।’ कांग्रेस युवा नेता पोखरेलले यसअघि पनि लकडाउनको मारमा परेर सहयोग माग्ने एक दर्जन व्यक्तिलाई राहत दिइसकेका छन् ।