धुर्कोट गाउपालिका प्रमुखलाई पत्र

५ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
276 Shares


धुर्कोट गाउपालिका प्रमुख भुपाल पोख्रेल ज्यू, हार्दिक अभिवादन – एक धुर्कोट गाउपालिका स्थायी निवासी बुटवलमा कार्यरत म बामदेव भण्डारीको यो खुला पत्र स्वीकार गर्नुहोला । तत्कालीन बढामहारजधिराज पृथ्वीनारायण शाहको एकीकरण गर्दादेखिकै आफ्नै ईतिहास , प्राकृतिक सुन्दर्यता र मनोरमताले भरिपुर्ण मेरो जननी भुमिप्रती शाश्वत प्रणाम गर्दै यो खुलापत्र सुरु गर्न चाहान्छु । प्रिय अध्यक्ष ज्यू , तपाइँ जति म धुर्कोटका कुनाकाप्चाको बारेमा बिज्ञ त नहुला तर मेरो शरिरमा अझैसम्म पनि धुर्कोटको माटोको सुगन्ध जिवितै छ जुन म नमर्दासम्म कदापी मर्ने छैन , धुर्कोट प्रतिको मेरो माया अरु कुनै धुर्कोट वासिको भन्दा कम छैन । हिजो स्थानिय चुनावमा तपाईजस्तो जगजायर युवालाइ गाउपालिका अध्यक्ष पाउँदा खुशी हुनेहरुको मध्येको एक म पनि हु , तपाइलाइ बधाइका शव्दगुच्छा अर्पण गर्नेहरुकै माझको एक व्याक्ती म पनि हो , तपाइका प्रत्येक सकरपुरा कार्यप्रती मग्न हुने मध्येकै एक म पनि हुं । अध्यक्ष महोदय , म पनि एक मार्क्सवादी चिन्तक रआलोचनात्मक चेत बोकेको व्याक्तीले यसो नलेखिरहन मन मानेन ।यो बिचमा म र हामिजस्ता युवा पिडि बिच किन गाउपालिकाका कार्यशैली प्रती वैमनस्यता बढ्दै गयो जुन कुरा अहिलेका गाउपालिकाका लगभग युवा पिडिको मुहारमा प्रष्ट देख्न र पढ्न सकिन्छ ।अध्यक्ष महोदय , म कहिल्यै पनि कुनै व्याक्तिको विरोध गर्न चाहान्न गर्छु त केवल गलत प्रवृती र गलक कृयाकलापको ।बिगत महिनादेखी म प्रतक्ष र परोक्षरुपमा तपाइका र गाउपालिकाका कार्य र गतिविधि नियालेर बसिरहेको छु यो बिचमा म संग सम्पर्क भएका धेरै युवा साथिहरुको प्रतिक्रिया पनि लिएको भएर आज यो पत्र लेख्न बाध्य भएको छु ।देश कोरोनाको माहामारी संग लडिरहेको बेला तपाईले पोस्ट गर्नुभएको एक वार्ड बाट अर्को वार्ड जान नपाइने नियमलाइ हृदय त स्वागत गरेको हु , तपाईं जनप्रतिनिधि भइसकेपछी एक अर्का क्वारेन्टाइनको निग्रानी गर्नु तपाइको दायित्व थियो नै तर त्यो बिचमा तपाइँ आफू सतर्क नभइ जान सायद तपाइलाइ नि छुट थिएन होला अध्यक्ष महोदय तपाईं गाउपालिका अध्यक्ष नै हेलमेट नलगाइ मोटरसाइकलमा दौडिरहदा गाउका साना बच्चा तथा अन्यले के बुझ्लान के यो नियम गाउपालिका अध्यक्षलाई छुट थियो ?

यसबिचमा तपाइले सामाजिक संजालमा ढाडमा छाप परुन्जेल पिट्ने उर्दि दिएको स्टाटस प्रती मेरो एकदमै ध्यान केन्दृत भएको छ अध्यक्ष ज्यू गाउका युवा तथा अन्य सम्पुर्णलाई सम्झाउने बुझाउने हो यो स्टाटस पढिरहदा मलाइ द्वन्द्वकालको संझना दिलाइदिनु भो ।अझै अर्को कुरा गाउमा मनोपोली बढ्दै गएको प्रती तपाइको किन ध्यानाकर्षण हुन सकेन अध्यक्ष ज्यू , विभिन्न अनलाइन पत्रीकाहरुमा गाउपालिकका का क्वारेन्टाइनको बारेमा समचार आइरहदा मलाइ सार्है चित्त दुखेको हो , तपाईं जत्तिको युवा पुस्ताको अध्यक्षबाट गाउका युवाहरुनै रुष्ट हुनुका पछाडिका बारेमा सोच्नुहुनेछ भन्ने आश लिएको छु ।चुनावताक दिनहु फोन गर्ने गाउँ बाहिरका विद्यार्थी तथा अन्य मजदुर मतदाता संग उहाहरुको बारेमा बुझ्नुभयो त  ? गाउपालिका मा भएका योजनाको टेक्कापट्टाको सन्दर्भको बारेमा कत्तिको पारदर्शीता छ एक व्याक्ती एक संघ संस्था अध्यक्ष भन्ने नियम गाउपालिकाका प्रत्येक संघ सस्थामा लागू छ त ? अनि गाउपालिकाका विभिन्न रोजगारको संबन्धमा भर्ती केन्द्र बनाइएको छ कि प्रकृयागत तरिकले गरिएको छ ? सार्वजनिक सुनुवाइ कार्यक्रम कत्तिको भए गाउपालिकाका योजना तर्जुमाको संबन्धमा ?
यी यस्ता तमाम प्रश्नको बारेमा भेटेरै छलफल गरौंला तर गाउपालिकामा भएको मोनोपोली तन्त्रलाई तत्काल हटाउन सुझाव दिन चाहान्छु ।
अन्त्यमा धुर्कोट गाउपालिकाका हरेक पिर र मर्कामा मलाम बन्न आँसु बगाएकाको आँसु पुछ्नको लागि तपाईं अध्यक्ष बन्नु भएको हो भने गाउपालिकामा विकास निर्माण तथा सडक मर्मत गर्दा कति जनता रोएका छन ती जनताको घरमा एकचोटि चुनावको बेलामा जस्तै गरी घरदैलो गरिदिनुहोला । अन्त्यमा म पनि एक कम्युनिस्ट सिद्धान्त बोकेको विद्यार्थीको तर्फबाट सानो कुरा सुनिदिनुहोला , अध्यक्ष कमरेड माओ मार्क्स र लेनिनका सिद्धान्तहरु आखामा पट्टि वाधेर पढिएको हैन , कानमा कपास राखेर सुनेको पनि हैन , अन्याय र अत्यचार सहन सक्ने भए बुर्जुवा हुन्थे सकिन कम्युनिस्ट भएं । अन्याय सहेर बस्नु ठुलो कमजोरी हो समाजको सत्यको पक्षमा म एक्लै भए पनि आफ्नो बाटो छोड्ने छैन ।
गाउपालिकाका सम्पुर्ण नियम कानुन सबैलाइ एकै हुनुपर्छ , सम्पुर्ण अबसर सम्पुर्णले बराबरी रुपमा पाउनु पर्छ , गाउपालिकामा केही व्यक्तिहरुले देखाएका दादागिरी बन्द गर्नुहोला , तपाइ गाउपालिकाको अभिभावक बन्नु होला न कि कुनै झोलेहरुको । अभिवादन  बामदेव भण्डारी

फेसबुकबाट तपाईको प्रतिक्रिया