अमेरिकन आइडलको उपविजेतामा दिवेश

प्रकाशित मिति:

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल ९अर्थर गन० अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।